अदालतको निर्णयः श्रीमतीले सिन्दुर नलगाउनुको अर्थ उनी वैवाहिक जीवन अघि बढाउन चाहन्नन्, यो सम्बन्धविच्छेदको आधार
भारतको गुवाहाटी हाइकोर्टले श्रीमतीले सिन्दुर र चुरा लगाउन अस्विकार गर्नुको अर्थ उनी आफ्नो वैवाहिक जीवनलाई जारी राख्न नचाहेको भनेर अर्थ्याएको छ । साथै यसलाई सम्बन्धविच्छेद दिने आधार पनि मानेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार एक व्यक्तिले गुवाहाटी हाइकोर्टमा सम्बन्धविच्छेदको याचिका दर्ता गरेका थिए । यसमा चीफ न्यायाधिस अजय लाम्बा र न्यायधिस सौमित्र सैकियाले श्रीमतीले सिन्दुर लगाउन अस्विकार गर्नुलाई एक प्रमाणको रुपमा माने ।
चुरा नलगाउनुको अर्थ विवाह नमान्नुः
बेन्चले आफ्नो निर्णयमा भन्यो, ‘हिन्दु रितिरिवाजको हिसाबले विवाहित महिलाले यदि सिन्दुर लगाउदिनँ र चुरा लगाउँदिनन् भने उनी अविवाहित जस्तै देखिन्छिन् र यो प्रतिकात्मक रुपमा विवाहलाई अस्विकार गर्नु हो । यस्तो गर्ने महिलाको उद्देश्य स्पष्ट हुन्छ कि उनी आफ्नो श्रीमानसँग आफ्नो वैवाहिक जीवन जारी राख्न चाहन्नन् ।
अदालतले यस्तो अवस्थामा श्रीमान् श्रीमतीसँग बस्नु महिलाद्वारा श्रीमान् र उनको परिवारलाई प्रताडना दिएको मानिनेछ ।
‘फ्यामिली कोर्टले मूल्याङ्कनमा गल्ती गर्यो’
फ्यामिली कोर्टले यो मामिलामा प्रमाणको मूल्याङ्कन सही दिशामा नगरी गल्ती गरेको अदालतले बताएको छ ।
वास्तवमा फ्यामिली कोर्टले श्रीमानद्वारा दर्ता गरिएको सम्बन्धविच्छेदको निवेदन खारेज गरेको थियो । अपिल गर्ने व्यक्तिको विवाह सन् २०१२ मा भएको थियो । त्यसपछि श्रीमान्–श्रीमान् चाँडै नै अलग्गिएका थिए । महिलाले घरेलु हिंसाको आरोप लगाएकी थिइन् भने श्रीमानले सम्बन्धविच्छेदका लागि निवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण