एनएमबि बैंकलाई आइएफसीले दोस्रो पटक कर्जा दिँदै
काठमाडौं– एनएमबि बैंकलाई विश्व बैंक सदस्य समूह अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले कर्जा दिने भएको छ ।
अमेरिकी २५ मिलियन डलर कर्जाको लागि एनएमबि र आइएफसीबीच समझदारी भएको छ । एनएमबिले दुई बर्षको अवधिमा लगातार दुई पटक आइएफसीबाट कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । यो बैदेशिक लगानी हालको परिदृश्यमा बाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुनेछ ।
उक्त समझदारीमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी. र आइएफसीका एक्टिङ्ग रेजिडेन्ट रिप्रिजेन्टेटिभ सन्तोष पाण्डेले हस्ताक्षर गरेका छन् ।
यस वित्तीय समझदारीले कोभिड १९ को कारणले आईपरेको कठिनाईहरुको बीचमा साना तथा मझौला उद्यमी वर्गको लागी आवश्यक कर्जाको आपूर्ति गर्नुको साथै र नयाँ उद्यमीलाई लगानी गर्ने भनिएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई विदेशी बैंक तथा वित्तिय संस्थाबाट कुल पुँजीको २५ प्रतिशतसम्म लगानी ल्याउन बाटो खुला गरेपछि एनएमबिले दोस्रो पटक कर्जाका लागि हस्ताक्षर गरेको हो ।
एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई एकवाएर गर्दैछ । यसका लागि एक्वायस प्रस्ताव पारित गराउँन असार २१ मा विशेष साधाणसभा समेत बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण