कोरोना कोषबाट ५५ करोड ६३ लाख भुक्तानीः क–कसले लगे सो रकम ?
कोरोना कोषमा जम्मा भएको रकम खर्च हुन थालेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
यस कोषबाट ५५ करोड ६३ लाख ३ हजार ३ सय ३ रुपैयाँ भुक्तानी भएको छ । कोषले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८८ लाख ५५ हजार भुक्तानी प्रदान गरेको छ ।
देशका विभिन्न स्थानबाट स्वाब संकलनका लागि प्रयोग भएको जहाज भाडा वापतको रकम भुक्तानी दिइएको हो ।
यस्तै कोषले नेपाली सेनालाई ९ करोड २६ लाख ८० हजार भुक्तानी गरेको छ । वीरेन्द्र सैनिक अस्पताल छाउनीको आइसीयू तथा पूर्वाधार व्यवस्थापन गर्न सो रकम प्रदान गरिएको हो।
यस्तै राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई २५ लाख कोरोना विरामी तथा स्वास्थ्यकर्र्मी खर्चका लागि भुक्तानी दिइएको छ ।
यसैगरी सातै प्रदेशका लागि ३८ करोड भुक्तानी दिइएको छ । यस्तै स्थानीय तहका लागि ७ करोड २२ लाख भुक्तानी दिइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । हालसम्म कोरोना कोषमा २ अर्ब ३५ करोड संकलन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण