गण्डकीमा १२ नयाँ संक्रमित थपिए, कूल संक्रमित १ हजार ६ पुगे
पोखरा । गण्डकी प्रदेशमा १२ नयाँ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा संक्रमितको कूल संख्या १ हजार ६ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकामा ३ पुरुष, लमजुङमा ७ र लमजङमा कार्यरत बाहिरी जिल्लाका ३ जना संक्रमित थपिएका हुन् । यस्तै नवलपुरमा पनि एक नयाँ संक्रमित थपिएका छन् ।
पोखरामा थपिएका संक्रमितमध्ये तीनै जना पुरुष भएको निर्देशनालयले जनाएको छ । यस्तै, लमजुङकोे राइनाशका २७ वर्षिय पुरुष, सुन्दरबजारका ५५ वर्षिय पुरुष, दुधपोखरीका दुई पुरुष, बेशींसहरका दुई पुरुष, क्होलासोथरका १ पुरुष रहेका छन् । यसैगरि, लमजुङमै कार्यरत रहेका कोल्हवी नगरपालिका बारा घर भएका एक महिला र एक पुरुष तथा लमजुङमै कार्यरत भानु नगरपालिका तनहुँ घर भएका एक पुरुष रहेका छन् ।
यस्तै नवलपुरको गैंडाकोट नगरपालिकामा एक पुरुष संक्रमित फेला परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण