निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
सारांश
- राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६ मा गायिका देविका बन्दना 'रजत साधना सम्मान २०८२' बाट सम्मानित भएकी छन् ।
- कार्यक्रममा वरिष्ठ अभिनेत्रीत्रय बसुन्धरा भुषाल, भुवन चन्द, चैतदेवी लगायतले बन्दनालाई सम्मान गरे ।
- विविध भाषाका गीतसंगीतलाई सम्मान गर्ने उद्देश्यसहित आयोजना भएको निम अवार्डमा विभिन्न ३० विधासहित जुरी अवार्ड बाँडिएको थियो ।
काठमाडौं । दिग्गज गायिका देविका बन्दना ‘रजत साधना सम्मान २०८२’ बाट सम्मानित भएकी छन् । आइतबार राजधानीमा आयोजित नवौं संस्करणको ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६’मा उनी यो सम्मानद्धारा सम्मानित भएकी हुन् ।
कार्यक्रममा बरिष्ठ अभिनेत्रीत्रय बसुन्धरा भुषाल, भुवन चन्द, चैतदेवी, चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसी, दिग्गज कलाकार मोहन निरौला लगायतले बन्दनालाई फूलमाला, खादा र सम्मान पत्रले सम्मान गरे ।
पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजना र इरा प्रोडक्सन प्रालीको ब्यवस्थापन रहेको कार्यक्रममा गीतकार सुरेश घिमिरे ‘बिशिष्ट गीतकार सम्मान २०८२’, शिखर जंगम श्रेष्ठ ‘संगीत पत्रकारिता पुरस्कार २०८२’, कृष्णदेव रुपाखेती निर्देशक ‘दिग्दर्शन साधाना सम्मान २०८२’, महेश राज थापा ‘सामाजिक ब्यक्तित्व सम्मान २०८२’, विनोद देवकोटा ‘पत्रकारिता सम्मान २०८२’, छायांकार सालिकराम दुलाल ‘कला सम्मान २०८२’, दिपा थापा ‘पिन नेपाल शिक्षा सम्मान २०८२’, सचिन भट्टराई ‘युवा कलाकारिता सम्मान २०८२’, रणजित कुमार झा ‘पिन नेपाल संगीतकर्मी सम्मान २०८२’, सुनिता कुबँर ‘पिम नेपाल कला सम्मान २०८२’ बाट सम्मानित भए।
कलाकार संघका अध्यक्ष उत्तम केसी, बरिष्ठ कलाकार रबिन्द्र खड्का, निर्देशक जनकदीप पराजुली, गायक शिव परियार, बरिष्ठ गायक सिताराम पोखरेललगायत थुप्रै कलाकर्मीको सहभागीता कार्यक्रममा रहेको थियो ।
माधवराज खरेल अध्यक्ष, कमला जोशी संयोजक रहेको कार्यक्रमको निर्देशक सनम कठायत थिए । अवार्डको जुरी सदस्यमा सन्तोष श्रेष्ठ, जुगल डंगोल, विजयरत्न तुलाधर, साहस शाक्य, प्रकाश मिश्रा, रमेश दाहाल र आशा भुसाल थिए ।
विविध भाषाका गीतसंगीतलाई एउटै मञ्चमा सम्मान गर्ने उद्देश्यसहित आयोजना आएको ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६’ मा बिभिन्न ३० विधासहित जुरी अवार्ड बाँडिएको थियो ।
क–कसले पाए अवार्ड ?
सर्वाेत्कृष्ट राष्ट्रिय भाव : पुरण क्षेत्री — धर्तीको छाना
सर्वाेत्कृष्ट गजल : डि.पी. खनाल— बेकार
सर्वाेत्कृष्ट पप गायन : अनन्त अजय —अनन्त दर्पण
सर्वाेत्कृष्ट गीतकार पुरुष (सुगम संगीत): डा. रुद्रनाथ अधिकारी आमा
सर्वाेत्कृष्ट गीतकार महिला (सुगम संगीत): गीता अधिकारी — माटोको सुगन्ध
सर्वाेत्कृष्ट संगीतकार (सुगम संगीत):शंकर थापा ‘स्माईल’ — बेहाल
सर्वाेत्कृष्ट गायक (सुगम संगीत):ईन्द्र आरपि — गारो लाउन
सर्वाेत्कृष्ट गायिका (सुगम संगीत): बबिता मानन्धर — कलियुगकि राधा
सर्वाेत्कृष्ट नवप्रतिभा गायनः विपना शाक्य —तिम्रो याद
सर्वाेत्कृष्ट लोक दोहोरी शब्दः प्रजन बस्नेत —परदेश
सर्वाेत्कृष्ट लोक दोहोरी लय :ऋषि खड्का —परदेशी हुन मन छैन
सर्वाेत्कृष्ट लोक दोहोरी गायक : सञ्जय थापा मगर—गलबन्दी र पच्छेउरी
सर्वाेत्कृष्ट लोक दोहोरी गायिकाः देवी घर्ती—खोली सलल
सर्वाेत्कृष्ट युगल गायनः शर्मिला वर्देवा/डेभिड शंकर—कश्मिेर गाम्चा
सर्वाेत्कृष्ट मौलिक/भाषाभाषि गीतः निर्मला घिसिङ — मनको देश (तमाङ सेलो)
सर्वाेत्कृष्ट डायस्पोरा (सर्जक/स्रष्टा): जीवन शर्मा—माटोको सुगन्ध
सर्वाेत्कृष्ट डेउडा भाका गीतः महादेव भट्ट—मेरी पुट्क्यौली
सर्वाेत्कृष्ट नेपाल भाषा गीतकारः मचाकाजी महर्जन—वनेनु रे
सर्वाेत्कृष्ट नेपाल भाषा संगीतकारः गुजय मालाकार—झिगु नगदे
सर्वाेत्कृष्ट नेपाल भाषा गायनः राज कुमार मानन्धर—कागती पाउँसे च्वङ
सर्वाेत्कृष्ट मैथली/भोजपुरी गीत : रहमान खान—कैले बद्नाम पगली
सर्वाेत्कृष्ट म्यूजिक भिडियो निर्देशनः राहुल शाह—ओ प्रियसी
सर्वाेत्कृष्ट म्यूजिक भिडियो छायाँकारः रुपेश थापा—चाहिँदैन सम्पती
सर्वाेत्कृष्ट म्यूजिक भिडियो मोडल (पुरुष): आर्यन सिग्देल—बानी
सर्वाेत्कृष्ट म्यूजिक भिडियो मोडल (महिला): सृष्टि खड्का—परदेश
सर्वाेत्कृष्ट म्यूजिक भिडियो नवमोडल (महिला):उपाशना पाठक —नयन
सर्वाेत्कृष्ट म्यूजिक भिडियो नवमोडल (महिला)देउडाः सन्जिवनी खनाल — पिरिमका खेल
सर्वाेत्कृष्ट म्युजिक भिडिया नव मोडल जुरीः सपना क्षेत्री—एकै पल पनि
सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष : ज्रज्वलराज भट्ट दिल आफ्नै थियो
सर्वाेत्कृष्ट गीतकार पुरुषसुगम संगीत जुरी : भोलानाथ पाठक—राधिका
सर्वाेत्कृष्ट संगीतकार सुगम संगीत पपुलरः राजेन्द्र बजगाई—पुतली
सर्वाेत्कृष्ट गायक सुगम संगीत जुरीः राम भण्डारी—सपना देखाई कोही
सर्वाेत्कृष्ट गायिका सुगम संगीत जुरीमनमाया पंगेनीसप्तरंगी फूल
सर्वाेत्कृष्ट म्युजिक भिडियो निर्देशकम जुरी : पूजा ठकुरी
सर्वाेत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष जुरीः प्रज्वलराज भट्ट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण