आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ

आइतबार, ३१ जेठ २०८३, २० : ०५
आइतबार, ३१ जेठ २०८३

सारांश

  • कैलालीको गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा सडकबाट टेम्पो भिरमा खसालिएको घटनामा प्रहरीले १० जना वन कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
  • जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीले चार जना गरी १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको हो ।
  • नियन्त्रणमा लिइएका वन कर्मचारीहरू वन रक्षकदेखि माथिल्लो तहका अधिकृतसम्म रहेका छन् ।

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ को गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा सडकबाट टेम्पो भिरमा खसालिएको घटनामा सोधपुछका लागि प्रहरीले १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीले चार जना गरी १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक(डीएसपी) एवं सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले उनीहरूलाई साेधपुछका लागि नियन्त्रणमा लिइएकाे राताेपाटीसँग पुष्टि गरे । उनका अनुसार सोधपुछका लागि बोलाइएकाहरू वन रक्षकदेखि माथिल्लाे तहका कर्मचारीहरू पनि छन्।

भीमदत्त राजमार्ग क्षेत्रअन्तर्गत वन अतिक्रमण हटाउने क्रममा शुक्रबार यो घटना भएपछि सामाजिक सञ्जाललगायतमा यसबारे सर्वत्र चर्को विरोध भएको थियो । उक्त भिडिओ भाइरल भएपछि धेरैले सरकारी कर्मचारीको निकै आलोचना गरेका थिए । उक्त भिडिओमा वन कर्मचारी र वन रक्षकले टेम्पो भिरबाट खसालेको देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप