रुसमा संविधान संशोधनः मतदाता पुटिनको पक्षमा
रुसमा संविधान संशोधनका लागि गरिएको जनमतसंग्रह बुधबार सम्पन्न भएको छ । कोरोनाभाइरसको संकटबीच यो प्रक्रिया सात दिनसम्म चलेको थियो । रुसमा कुनै पनि मतदानलाई यति धेरै समय लागेको पहिलो पटक हो ।
मतदानमा करिब ६० प्रतिशत मतदाताले भाग लिएको बताइएको छ । निर्वाचन आयोगका अनुसार ८७ प्रतिशत मतगणना गर्दा संविधान संशोधनको समर्थनमा ७७ प्रतिशत बढी जनताले समर्थन गरेका छन् । अन्तिम नतिजा पनि यस्तै आए, राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०३६ सम्म पदमा रहन सक्नेछन् । उनले ६ वर्षको दुई कार्यकालका लागि पुनः नेतृत्वमा आसिन हुन पाउनेछन् । ६७ वर्षीय पुटिनको कार्यकाल सन् २०२४ मा समाप्त हुँदै थियो ।
पुटिनले जनवरीमा संविधान संशोधनको प्रस्ताव ल्याएका थिए । त्यसपछि उनको निर्देशनमा प्रधानमन्त्री दिमित्री मेदवेदेवले पदबाट राजीनामा दिएका थिए । उनको स्थानमा पुटिनले कम राजनीतिक अनुभव भएका मिखाइल मिशुस्टिनलाई प्रधानमन्त्री बनाएका थिए ।
विपक्षीहरुले पुटिन जीवनभर देशको राष्ट्रपति बन्ने प्रयासमा रहेको आरोप लगाउँछन् । जसलाई उनले खण्डन गर्दै आएका छन् । विगत २० वर्षदेखि प्रधानमन्त्री र राष्ट्रपतिको रुपमा पुटिन सत्तामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण