सुदूरपश्चिम प्रदेशमा थप ११३ जनामा संक्रमण पुष्टि, कहाँ–कहाँ थपिए ?
कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ११३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमित संख्या २ हजार ११० पुगेको छ । यसअघि नै ४ सय ९५ जना संक्रमित निको भइ घर गइसकेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।
रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा १०१, त्रिवि शिक्षण अस्पताल महाराजगंजको प्रयोगशालामा २, वीर अस्पताल काठमाडौँको प्रयोशालामा, ७ र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।
पुष्टि भएका मध्ये कैलाली ११ पुरुष र ५ महिला, बाजुराका ५ पुरुष र २ महिला तथा अछामका ४९ पुरुष र १२ महिला रहेका छन् । त्यसैगरी डोटीका २ पुरुष र ५ महिला, बझाङ्गका १६ पुरुष र ४ महिला र बैतडीका १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
प्रदेशमा हालसम्म १८ हजार ८७५ जनाको पीसीआर विधिबाट जाँच गरिएको र १६ हजार २६४ मा नेगेटिभ आएको उनले बताए । ५ हजार ९६ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख १३ हजार १८४ जनामा परीक्षण गरिएको छ ।
हालसम्म फेला परेका संक्रमितहरुमध्ये अछामका २६०, बैतडीका २३५, बझाङ्गका ९२ ,बाजुरा ३३७, डडेल्धुराका २२९, दार्चुलाका १७, डोटीका ४३२, कैलालीका ६९२ र कञ्चनपुरका ३१७ गरी २ हजार ६११ रहेका छन् । जस्मा महिला ६०२ र पुरुष २ हजार ९ संक्रमित छन् ।
क्वारेन्टिनमा ८ हजार ५७६ पुरुष र २ हजार ३२९ महिला रहेका छन् । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १६ र संक्रमित १०४ गरी १२० जनाको उपचार भइरहेको छ । ६ सय ८० जना भने सामान्य उपचार पछि घर गइसकेका छन् । हाल सेती प्रादेशिक अस्पताल धनगढीमा ११, टिकापुरमा ३८, महाकालीमा २१, अछाममा १०, डोटी २, बाजुरा २, र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भइरहेको उनले बताए । बाँकी भने ९ वटै जिल्लाको आइसोलेसनमा रहेको कार्कीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण