ओस्करको नियम परिवर्तन, रिलिज नभएका फिल्मलाई पनि सहभागीको अवसर
काठमाडौं । विश्वभर महामारीको रुपमा रहेको कोभिड-१९ का कारण विश्वको सबैभन्दा ठुलो चलचित्र पुरस्कार ओस्कर अवार्डमा यो वर्ष रिलिज नभएका फिल्मले पनि सहभागी हुन पाउने भएका छन् । यसअघि फेब्रुअरी महिनामा हुँदै आएको यो अवार्ड अहिले २ महिनापछि सरेर अप्रिलमा पुगेको छ । ओस्करको ९३ औं संस्करण आउँदो अप्रिल २५ का लागि तय भएको छ ।
तर, विश्वभर चलिरहेको महामारीका कारण ओस्कर अवार्ड आयोजनाको मिति मात्र हैन केही नियममा पनि परिवर्तन गरेको छ । अघिल्लो वर्षमा अक्टोबर अन्तिम सम्ममा फिल्म पठाइ सक्नुपर्नेमा डिसेम्बर ३१ सम्ममा ओस्करका लागि फिल्म पठाइ सक्नुपर्ने प्रावधान राखिएको छ । महामारीका कारण रिलिज गर्ने समय सीमा तोकेर पनि रिलिज हुन नसकेको फिल्मका लागि पनि यो साल ओस्कर अवार्ड लचिलो समेत बनेको ओस्करका लागि नेपालबाट फिल्म छनौट गरेर पठाउँदै आएको संस्था इन्टरनेसनल फिचर फिल्म छनौट समिति नेपालले जनाएको छ ।
अघिल्ला वर्षहरुमा कुनै पनि फिल्महलमा रिलिज भएर हलमा हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, यो साल यसरी हलमा रिलिज हुन नसकेका फिल्मले पनि ओस्करको प्रतिस्पर्धामा सामेल हुन पाउने छन् । यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र ओस्कर कमिटीलाई बुझाउनुपर्नेछ, अस्करका लागि फिल्म छनौट गर्दै आएको इन्टरनेशनल फिचर फिल्म छनौट समिति नेपालले जनाएको छ ।
जसमा विमल पौडेलको अध्यक्षतामा ८ सदस्यीय कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदिप उपाध्याय, लोकेन्द्र पराजुली, राजुविक्रम थापा, चिरञ्जीवी गुरागार्इं र सामिप्यराज तिमल्सेना सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण