श्रीमान्–श्रीमती विवादको दुःखद अन्त्य
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
बुधबार, ०६ साउन २०८३, १९ : ०३
सारांश
- झापाको दमकमा पारिवारिक विवादले श्रीमान्–श्रीमतीको ज्यान गएको छ।
- श्रीमान्ले श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेपछि आफूले आत्महत्या गरेका हुन्।
- गम्भीर अवस्थामा फेला परेका दुवैलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।
काठमाडाैँ। झापाको दमक नगरपालिका-१ सिरपाली चोकमा दम्पतीबिच भएको विवादमा श्रीमान्ले श्रीमतीको हत्या गरेपश्चात आफूले पनि आत्महत्या गरेका छन्।
अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबिच सामान्य विवाद हुँदा झैँ–झगडा भएको थियो।
सो क्रममा धनबहादुरले श्रीमतीमाथि खुकुरी प्रहार गर्दा उनको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो।
घटनापछि धनबहादुर घरकै अर्को कोठाको झुन्डिएको अवस्थामा फेला परेका थिए। गम्भीर अवस्थामा रहेका दुवैलाई उपचारका लागि दमक अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण