पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लाग्दै
काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेकाले नेपालमा पनि वृद्धि हुने नेपाल आयल निगमले जनाएको छ । निगमले असार २ गते आएको मूल्यसूची अनुसार निगमले असार १६ गते मात्रै समायोजन गरी वृद्धि गरेको थियो । असार १७ गते (जुलाई १) मा मूल्यसूची पनि बढेर आएको प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।
पेट्रोलियम पदार्थको स्वाचालित मूल्य सूचीअनुसार नै मूल्य समायोजन गरिएको निगमले जनाएको छ । असार २ गते मूल्यसूची आए पनि बन्दाबन्दी र पेट्रोलियम पदार्थको कारोबार नभएको अवस्था भएकाले छिटो निर्णय नलिइएको उपाध्यायले बताए । उनले भने, “हामीले चैत १९ गते एकैचोटी प्रतिलिटरमा १० रुपियाँ घटाएका थियौँ, त्यतिबेला अन्तर्राष्ट्रिय बजारमा घटेर नै आएको थियो, यसबीचमा मूल्य समायोजन गरिएको थिएन तर मूल्यसूची बढेर आइरहेकै थियो । बन्दाबन्दीका कारणले समायोजनको प्रभावकारिता थिएन । ”
अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार इन्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमबीच सञ्चालित स्वाचित मूल्यसूची प्रणाली हरेक १५÷१५ दिनमा अपडेट हुनु पर्दछ तर कोरोनाको बन्दाबन्दीका कारण सवारीसाधन वन्द भएपछि पेट्रोलियम पदार्थको कारोबार ठप्प थियो । बन्दाबन्दीमा कारोबार २० प्रतिशतमा झरेको थियो । आशिंक रूपमा सवारीसाधन खुलेपछि कारोबार वृद्धि भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण