मजदुर
मैले परिश्रम गरिनँ भने
मेरो छोरोको स्कुलको बाटोमा पैह्रो जान्छ
आधा रातमै उठिन् भने
मेरी छोरीको सपनाको हत्या हुन्छ,
हो म मजदुर हो
बिहानैदेखि रातैसम्म परिश्रम गर्छु
सपनामा पनि श्रमै श्रम देख्छु ।
दिनभरि भरी गह्रौँ बोराहरूले
मेरै प्रीतक्षा गर्छन्,
ढुङ्गा, सिमेन्ट र इँटाहरूले मेरै बाटो कुर्छन् ।
मैले भारी नबोक्नु भनेको
मेरो र परिवारको मुखमा
माड नपस्नु हो ।
मैले अल्छी गर्नु भनेको
मेरो छोरा छोरीको
प्रगतिको पाइला रोकिनु हो ।
हो म मजदुर हो ।
म दिनभरि खट्छु
हातको चक्र मेटिउन्जेल परिश्रम गर्छु,
मैले परिश्रम गरिनँ भने
तिमी सपना देख्न सक्दैनौँ,
मैले पसिना बगाइनँ भने
तिम्रो सिंहासनको रङ उड्छ,
तिम्रा ती सुनका सत्ता
मेरै रगत, पसिनाको उपज हुन्
तिम्रा भाषणका जोसिला आँटहरू
मेरा समूह शक्तिका साहसहरू हुन् ।
हो म मजदुर हो,
आफू परिश्रम गरी तिमीलाई
बिलासी जीवन समर्पण गर्ने
म समर्पित मजदुर हो ।
हो म मजदुर हो
हरेक रात थकाइसँग सुत्ने
हरेक बिहान अपूर्ण सपनासँगै उठ्ने
म एक विह्वल हतभागी मजदुर हो ।
म तिम्रो सत्ता चढाउन पनि सक्छु
झार्न पनि सक्छु ।
तिम्रो भाग्य लेख्न पनि सक्छु
मेट्न पनि सक्छु ।
हरेक दिन मेरै साहस र आँटले
बाँच्ने तिमी
केवल वर्षमा एक दिन मात्र
मलाई सम्झेको अभिनय गर्छौ ।
मलाई सम्झेनौँ भने तिम्रो सत्ताको
जगमा भुइँचालो आउँछ अनि हल्लिन्छ सत्ता,
मलाई पुकारेनौ भने
तिम्रो सिंहासन चर्किन्छ,
मलाई एकपटक हात नजोडी
तिमी सत्ताको सिँढी चढनै सक्दैनौँ,
हो म मजदुर हो
सदैव तिम्रो सत्ताको सिंहासन
चम्काउने र टल्काउने
म मजदुर हो ।
मनोहर शर्मा ‘अविनाश’
–छोटाटिङलिङ, मिरिक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण