नक्कली सवारी पास लिई यात्रु ओसार पसार गर्ने बस चालक पक्राउ
काठमाडौं । नक्कली सवारी पास लिई यात्रु ओसारपसार गरेको अभियोगमा ना.६ ख ८४४५ नम्बरको बसका चालक बाँके कोहलपुर नगरपालिका-१२ बस्ने २८ वर्षीय आशिष थापालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले नागढुंगा चेकप्वाईन्टमा जाँच गर्ने क्रममा नेपालगंजबाट काठमाडौं आएको उक्त बस जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पास बमोजिम आएको तथा ३७ जना यात्रु संख्याको लागि जारी भएको उक्त पास सहित आएको बसमा २४ जना यात्रुहरू रहेका फेला परेको थियो ।
उक्त पास शंकास्पद देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेसँग समन्वय गर्दा उक्त पास जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पासको किर्ते भएको पाइएपछि बसका चालकलाई प्रहरीले पक्राउ गरेको हो ।
बसमा सवार यात्रुहरूलाई कीर्तिपुर सुन्दरीघाटस्थित राधास्वामी होल्डिङजोनमा पठाइएको र थापालाई मुलुकी अपराध संहिता, २०७४ को लिखत सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
-
पुनरावेदन दिएमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउँछन् बालकृष्ण खाण
-
पुँजी बजार सुधारको स्पष्ट खाका खोज्दै सांसदहरू, अर्थ समितिद्वारा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण