कसरी मनीषा कोइराला र करीना कपूरबाट खोसेर ऐश्वर्या राय ‘नंदिनी’ बनेकी थिइन् ?
एजेन्सी – सन् १९९९ मा रिलीज भएको संजय लीला भंसालीको फिल्म ‘हम दिल दे चुके सनम’ मा लोकप्रिय ‘नंदिनी’ को भूमिका निभाएकी ऐश्वर्या रायले धेरैको मन जित्न सफल भइन् ।
सलमान खान र अजय देवगनको समेत मूख्य भूमिका रहेको उक्त फिल्मले निकै सफलता हासिल गरेको थियो ।
प्रसिद्ध निर्देशक भंसालीले पहिलो फिल्म ‘खामोशी द म्यूजिकल’ मा मनीषा कोइरालालाई अभिनेत्रीको रुपमा लिएका थिए । उनी ‘हम दिल दे चुके सनम’ पनि मनीषालाई नै दिन चाहान्थे । उनी फिल्मको मूख्य भूमिकामा ‘नंदिनी’ को भूमिकामा करीना कपूर वा मनीषा कोइरालामध्ये एकलाई चुन्नेवाला थिए तर एकाएक फिल्ममा ऐश्वर्या रायको आगमन हुन पुग्यो ।
भंसालीले ऐश्वर्यालाई आमिर खान र करिश्मा कपूरको फिल्म ‘राजा हिन्दुस्तानी’ को सेटमा भेटेका थिए ।
भेटमा ऐश्वर्याले संजयलाई भेटेर भनिन्, ‘हाय म ऐश्वर्या राय । मलाई तपाईंको फिल्म खामोशी द म्यूजिकल मन पर्यो ।’
उनले ऐश्वर्यालाई भेटेपछि ऐश्वर्याको आँखा, मिठो आवाज ‘नंदिनी’ को लागि निकै सुहाउँदो हुने भएपछि उनलाई नै छाने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण