कोरोनाका कारण स्थगित भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै, तस्विरमा हेर्नुहोस्
सोमबार, २२ असार २०७७, १२ : २९

देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । गत वैशाख ६ र ७ गते नै भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भनिए पनि कोरोना भाइरसको महामारीले स्थगित गरिएकोमा आज र भोलिका लागि यो कार्यक्रम तय भएको हो ।
नेपाल राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम मार्फत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’, १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिका बहुसुक्ष्म पोषणतत्व बालभिटा खुवाउने गरिन्छ । बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न सरकारले हरेक वर्ष दुइ चरणमा भिटामिन ‘ए’ खुवाउँदै आएको छ।