ओखलढुंगाका २८ वर्षीय युवकले जिते कोरोना
-रामहरि श्रेष्ठ
ओखलढुंगा । ओखलढुंगाका कोरोना संक्रमित २८ वर्षीय युवकले कोरोनालाई जितेर घर फर्किएका छन् । गत असार ७ गते लिखु गाउँपालिकाका २८ वषीय युवकमा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागी कोरोना अस्थाई अस्पताल विराटनगर लगिएको थियो । पछिल्लोपटक गत शनिबार गरिएको दोस्रो पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ देखिएपछि अस्पतालले सोमबार (आज) उनलाई डिस्चार्ज गरिदिएको जिल्ला स्वास्थ्य कार्यलय ओखलढुंगाका प्रमुख सुमन तिवारीले जानकारी दिए ।
करिब १४ दिनको अस्पताल बसाईपछि उनले कारोनालाई जितेर घर फर्किएको तिवारीको भनाई छ । रोजगारीको शिलशिलामा भारतमा बस्दै आएका ती युवक गत जेठ ३० गतेमात्रै स्वदेश फर्किएका थिए । उनमा करिब १ हप्तापछि गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । लगतै उनलाई कोरोना अस्थाई अस्पतालमा भर्ना गरिएको हो । अहिले उनी स्वास्थ्य भएर घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमित भेटिएका ती युवक पहिलो व्यक्ति हुन् । उनी डिस्चार्ज भएसँगै ओखलढुंगा संक्रमण मुक्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण