बहुविवाहका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
प्रहरीले विभिन्न दुई मुद्दामा अदालतबाट दोषी ठहर भएका दुई जनालाई पक्राउ गरेको छ।
बहुविवाह मुद्दाका दोषी पोखरा महानगरपालिका–२० विजयपुर बस्ने ४७ वर्षीय खड्कबहादुर गुरुङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
गुरुङलाई कास्की जिल्ला अदालतबाट २०६० चैत १९ मा बहुविवाह मुद्दामा एक वर्ष ११ महिना २१ दिन कैद र १० हजार रूपैयाँ जरिवानाको सजाय सुनाएको थियो।
जिल्लाबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पोखरा–१३ कमलपोखरीबाट पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।
त्यसैगरी पक्राउ परेका अर्का फरार प्रतिवादी पोखरा–१० अमरसिंहका ४४ वर्षीय ओमबहादुर सिग्देल छन्।
सिग्देलविरुद्ध २०७२ पुस ५ मा कास्की जिल्ला अदालतले वन पैदावार मुद्दामा तीन हजार १ सय १६ रूपैयाँ जरिमाना फैसला गरेको थियो। वडा प्रहरी रामबजारको टोलीले सिग्देललाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवैलाई अदालतमा पेस गरिसकेको प्रवक्ता हमालले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण