को बन्ला २८ औं आईजीपी, ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै
मङ्गलबार, २३ असार २०७७, ०९ : ३८
काठमाडौ । नेपाल प्रहरीले आज २८ औं महानिरीक्षक (आईजीपी) पाउने सम्भावना रहेकाे छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ आईजीपी नियुक्तिको टुंगो लगाउने बताइएकाे छ ।
मन्त्रिपरिषद् बैठक दिउँसो ४ बजे बोलाइएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीद्धय) शैलेश थापा क्षत्री र हरि पालमध्ये एकजनाले नेपाल प्रहरीको नेतृत्व सम्हालनेछन् । थापा योजना बनाउन सिपालु मानिन्छन् भने पाल ‘एक्सन’मा दरिला छन् ।
नयाँ आईजीपी नियुक्तिसम्बन्धि प्रस्ताव प्रधानमन्त्री ओलीसमक्ष लैजान गृह मन्त्रालयले तयारी थालेको छ । नयाँ आईजीपीको कार्यकाल २०७९ वैशाख १७ गतेसम्म रहन्छ ।
वर्तमान आईजीपी ठाकुर ज्ञवालीले २४ असारदेखि ३० वर्षे सेवा अवधीको कारण अनिवार्य अवकाश पाउँदैछन् । त्यसकारण नयाँ आईजीपी नियुक्त गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण