पोखरा महानगरका ३ संक्रमितले जिते कोरोना
कास्की । पोखरा महानगरपालिकाका ३ कोरोना संक्रमितले कोरोना जितेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचाररत ३ संक्रमितले कोरोना जितेका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यकाअुनसार पोखरा महानगरपालिका वडा नम्बर २१, १० र २९ का ३ संक्रमित निको भएर घर फर्किएका हुन् ।
निर्देशक आचार्यकाअनुसार वडा नम्बर २१ का २७ वर्षीय पुरुष, वडा नम्बर १० का ४० वर्षीय पुरुष । यसैगरी, वडा नम्बर २९ का ३५ वर्षीय पुरुष निको भएर घर फर्केका हुन् ।निर्देशक आचार्यका अनुसार वडा नम्बर २१ का संक्रमित असार १९ गते अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका थिए भने बाँकी २ जना २० गते आइसोलेसन कक्षमा भर्ना भएका थिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा अझैं १८ जना उपचाररत छन् । हिजो मात्रै अस्पतालबाट १३ जना संक्रमित निको भएर घर फर्केका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण