एनआईसी एशिया लघुवित्तको सेयर सूचीकृत, कारोबार खुलेको पहिलो दिनमै बढेर पोजेटिभ सर्किट लाग्यो
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।
कम्पनीले सर्वसाधरणमा वितरण गरेको ४७ लाख ५५ हजार कित्ता र संस्थापक १ करोड ४५ हजार कित्तासमेत गरी १ करोड ४८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।
बुधबार सूचीकृत भएको सो सेयरको कारोबार आजदेखि भएको छ । तर, कारोबार भएको पहिलो दिनमै सेयर बढेर पोजेटिभ सर्किट समेत लागेको छ । नेप्सेले सुरु कारोबारका लागि ११० रुपैयाँ ४३ पैसादेखि ३३१ रुपैयाँ २९ पैसासम्मको ओपन रेन्ज दिएको थियो ।
यस संस्थाले आ.व. २०७६÷७७ को तेस्रो त्रैमाससम्ममा कर्जा लगानी ७ अर्ब २२ करोड रुपैयाँ पु¥याउन सफल भएको छ र बचत संकलन तर्फ. १ अर्ब १ करोड रुपैयाँ पु¥याउन वित्तीय संस्था सफल भएको छ ।
वित्तीय संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको छ । यस त्रैमासमा वित्तीय संस्थाको निश्कृय कर्जा अनुपात ०.३२ % र प्रतिशेयर आम्दानी रु १६.३० रहेको छ । हाल खोलिएको शाखाहरु सहित ३३ जिल्लामा १०५ शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण