सरिता गिरीको समर्थनमा बोल्ने मोहना अन्सारीलाई आयोगले गरायो सचेत
काठमाडौं । समाजवादी पार्टीले सरिता गिरीलाई कारवाही गरेको विषयलाई कथित र खेदजनक भन्दै अभिव्यक्ति दिने राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीलाई आयोगले सचेत गराएको छ ।
आयोगले गिरीका सन्दर्भमा अन्सारीबाट आएको भनाइलाई खेदजनक भन्दै त्यसरी जथाभावी नबोल्न भनेको छ ।
आयोग अध्यक्ष अनुपराज शर्माले अन्सारीको उक्त अभिव्यक्तिले भ्रम पैदा गरेको जनाएका छन् ।
बिहीबार अध्यक्ष शर्माले विज्ञप्ति जारी गर्दै ‘संविधान, कानुन र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई ‘खेदजनक’ तथा ‘कथित’ छानविन प्रतिवेदन’ भनी दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ’, अध्यक्ष शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आयोगले गत असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइसकेको अवस्थामा अन्सारीले २३ गते ट्वीटरमा समाजवादी पार्टीले आफ्ना संसद सदस्य सरिता गिरीमाथि आफ्ना विधान र राजनीतिक दलसम्बन्धी ऐनबमोजिम कारबाही गरेको कारबाहीलाई खेदजनक भनेकी थिइन् ।
‘यस आयोगबाट असार १५ मा सदस्यहरुलाई भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गराइएको हो । तथापि यस किसिमको भनाइ ट्वीटरमा आउनु खेद्जनक छ । तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ’, आयोगले प्रष्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
-
जारी विश्वकपमा आत्मघाती गोलको सङ्ख्या ७ पुग्यो
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण