भाडा लिएर यात्रु बोक्ने निजी सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँ । काठमाडौ उपत्यकामा महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको समयमा भाडा लिएर यात्रु बोक्ने निजी सवारी साधनको चेकजाँचमा कडाइ गरी पक्राउ गर्न थालेको छ ।
चार दिनयता उपत्यकामा भाडा लिएर यात्रु बोक्ने १६ वटा निजी सवारी साधन नियन्त्रणमा लिइएको महाशाखाका प्रवक्ताप्रहरी उपरीक्षक बामदेव गौतमले बताए । उनले रातो प्लेटका निजी सवारी साधनले प्रयोजन विपरित यात्रुसँग भाडा लिएर नियम विपरित गरेको पाईएकोले पक्राउ गरिएको जानकारी दिए ।
बा१७च६७४२, बा१६च२१७४, बा१७च १५७२, प्र३च३०७८, बा३च५३९८, को१च९६०५, बा५च७५५, बा५च११४, बा१५च९६८०, बा१९च२१८४, बा१५च२७०६, बा१३च५३८५, बा१०च११९२, बा२०च४८७७, बा१ञ११२०, ज१च१२६३ नम्बर भएका निजी सवारी साधनहरूलाई पक्राउ गरिएको ट्राफिक महाशाखाले जनाएको छ ।
निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर यात्रु ओसारपसार गर्ने गरेको सुचनाको आधारमा ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा चेकजाँचलाई पनि तीव्र बनाएको छ ।
प्रवक्ता एसपी बामदेव गौतमले ती सवारी साधनहरूलाई प्रयोजन विपरित कसुरमा ट्राफिक कारवाहीगरी पुन: सोही गल्ती नगर्न निर्देशन गरी छाडिएको बताए ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम प्रयोजनका आधारमा सवारी साधनको नम्बर प्लेट कायम गरिएको र निजी प्रयोजनमा दर्ता भएका रातो नम्बर प्लेटका सवारीले भाडाको काम गर्न नपाउने उल्लेख रहेको पनि छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण