मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

थुनाबाट प्रहरीलाई कुटपिट गरी फरार अभियुक्त पक्राउ

शुक्रबार, २६ असार २०७७, ११ : १५
शुक्रबार, २६ असार २०७७

कैलाली – थुनाबाट फरार भएका गणेश बहादुर ऐरलाई प्रहरीले पक्राउ गरेको छ । 

खाना खाई हात धुने बेला गार्डमा रहेका प्रहरीलाई कुटिपिट गरी फरार भएका ऐरलाई  आज प्रहरीले प्रकाउ गरेको हो । 

कैलालीको चुरे गाउपालीका ६ को सिराडी ग्वासी माबीको जंगलको खेतमा हिँनिरहेको अबस्थामा प्रकाउ गरेको जिल्ला प्रहरी हार्यालय कैलालीका प्रहरी प्रमुख एबं प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले रातोपाटीलाई जानकारी दिए । 

उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याउँदै गरिएको उनले बताए ।

कैलालीको ईलाका प्रहरी कार्यालय फल्टुडेको थुनामा आफ्नै हजुर आमा हत्या अभियोगमा रहेका ऐर बुधबार राती ९ बजे फरार भएका थिए । फरारभए लगत्तै ऐरलाई खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबतmा एब प्रहरी नायब उपरीक्षक प्रतिक बिस्ट को नेतृत्वमा टोली खटिएको थियो । 

ऐरले  यहि २३ गते घरमा कोही नभएको मौका छोपी दिउँसो ३ बजे आफ्नै हजुर आमा लाई फलामको रडले घाँटीमा प्रहार गरी घाईते बनाई घरको पश्चिमतिरको अरहरको झारीमा लगी धारीलो हतियार दाउले प्रहार गरी शवलाई अरहरको झाडीले छोपी राखेको अबस्थामा  प्रहरी फेला पारेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप