सप्तकोशी र नारायणीमा उच्च बहाव, बालियो रातो बत्ति
काठमाडौं । लगातारको वर्षाले सप्तकोशी र नारायणी नदीमा पानीको सतह र बहाव उच्च भएको छ । सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च भएपछि खतराको संकेतस्वरुप रातो बत्ती र रोता झण्डा फहराएको छ । सप्तकोशी नदीमा शुक्रबार दिउँसो १२ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेण्ड २ लाख २५ हजार ५५ क्यूसेक पुगेको छ । पानीको बहाव बढेसँगै सप्तकोसीका ५६ मध्ये ३३ वटा ढोका खोलिएका छन् ।
पूर्वी पहाडी र मध्यपहाडी जिल्लामा परेको लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो । सप्तकोसीमा प्रतिसकेण्ड पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । यता नारायणी नदीमा पनि शुक्रबारबाट पानीको सतह बढ्दै गएको छ । नारायणीमा पानीको सतह बढेपछि स्थानीय सरकारले खोला किनारमा बसोबास गरेकाहरुलाई सुरक्षित स्थानमा जान माइकिङ गरेको छ ।
देवघाटमा रहेको जलमापन केन्द्रले नारायणी नदीको देवघाटमा शुक्रबार अपरान्ह ७.१८ मिटर र नारायणगढ पुलमा १०.७१ मिटर पानी रहेको जनाएको छ । नारायणीमा पानीको सतह बढ्दा भरतपुर महानगरपालिकाको १, ३, ४, १६, १७, १८, २२ र २४ देखि २८ सम्मका वडाहरु डुबान र नदी कटान उच्च जोखिममा पर्छन् । त्यस्तै वडा नम्बर २९ का अधिकांश भागहरु पहिरोको जोखिममा पर्ने गरेको स्थानीयले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण