काठमाडौंका घरबेटीको रोदनः ‘छ महिनादेखि भाडा नदिँदा खानै समस्या भयो’
काठमाडौं – कोरोना महामारीको कारण डेलावालमात्र होइन घरबेटीसमेत आर्थिक समस्यामा परेको पाइएको छ ।
कोठाभाडाबाट जीविका चलाउँदै आएकी काठमाडौं सिनामंगलकी देवकुमारी काफ्लेले डेरावालले छ महिनादेखि भाडा नदिँदा जीविका चलाउन समस्या परेको बताइन् ।
उनको तीन तले घरमा विद्यार्थी, मजदुर र निजी क्षेत्रमा कार्यरत भाडामा छन् ।
‘लकडाउनअघि भाडा दिन्छौं भन्थे त्यसपछि कोठामा बस्ने गाउँ गए, अहिले न भाडा दिन्छन् न त कोठा खाली नै गर्छन् ।’ काफ्लेले सुनाइन् ।
बागबजारमा महिनाको दुई लाख भाडामा कन्सल्टेन्सी चलाउन दिएका महेश थापाको पीडा पनि उस्तै छ । उनले पनि भाडा नपाएको पाँच महिना भयो । भाडामा लिने प्रकाश तिमल्सिनालाई सम्पर्क गर्दा मोबाइल अफ गरेर बसेको थापा बताउँछन् ।
कार्यालयको आवश्यक सामान ४÷५ लाखको होला, भाडा भने १० लाख पुग्न लागेको घरबेटी थापाको बुझाइ छ । यो समाचार आजको राजधानी दैनिकमा भवनाथ प्याकुरेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण