महामारी कै बीच सनराइजले सञ्चालनमा ल्यायो ५ नयाँ शाखा

काठमाडौं– सनराइज बैंकले काठमाडौं उपत्यकामा एकैपटक पाँचवटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले आइतबार एक कार्यक्रम आयोजना गरी काठमाडौं उपत्यकामा चारवटा शाखा कार्यालय र एकवटा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो ।
बैंकले कपन, भङ्गाल, कान्तिपथ, कुमारीगालमा शाखा कार्यालय र हरिसिद्धिमा एक्सटेन्सन शाखा कार्यालय गरी एकैसाथ पाँच वटा कार्यालय सञ्चालनमा ल्याएको हो । शाखा कार्यालयहरुको उद्घाटन गर्दैं बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले कोभिड १९ को असरका कारण खर्च कटौतिमा ध्यान दिनुपर्ने अवस्था आएपनि पूर्व निर्धारित योजना अनुसार शाखा कार्यालयहरु सञ्चालनमा ल्याइएको बताए ।
उनले शाखा कार्यालयको विस्तार भएसँगै त्यस क्षेत्रका नागरिकहरुका लागि बैंकिङ सुविधा सहज हुने र बैंकको व्यवसायमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे ।
सनराइज बैंकको नयाँ शाखा कार्यालयहरु स्थापना भएसँगै शाखा कार्यालयको संख्या १ सय ३४ पुगेको छ । यस्तै बैंकले देशभर १ सय ६० एटिएम काउन्टर, ४८ वटा शाखा रहित बैंकिङ र १० एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन