नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा सडक भासियो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर–२९ स्थित १७ किलो भन्ने स्थानमा सडक भासिँदा सडक अवरुद्ध भएको छ । सोमबार विहान ९ः१० बजेको समयमा सडक भासिएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाको कारण १.५ फिट पिच सडक भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) दयाकृष्ण भट्टले जानकारी दिए । उनले भने, ‘सडक त्रिशूली नदीतिरको भागमा भासिएको हो ।’
सडक भासिएपछि अहिले एकतर्फी बाटो सञ्चालनमा रहेको उनले जानकारी दिए । एकतर्फी सवारी सञ्चालन हुँदा सवारी जामको समस्या यथावत रहने र यात्रुलाई सास्ती बढ्ने ट्राफिक प्रमुख भट्टको भनाइ छ ।
उनले तत्काल भासिएको सडक मर्मत नभए सडक अवरुद्ध हुनेतर्फ पनि सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराए । फेरी निरन्तर वर्षा भए नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध हुनसक्नेतर्फ इन्सपेक्टर भट्टले सचेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको तर्फबाट डा.सुरेन्द्र भण्डारीसहित ४ जना कानुन व्यवसायीले गरे बहस
-
लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता पश्चिम नवलपरासीमा हुने
-
टेलिकमको बिलिङ ठेक्कामा अर्यालसहित २३ जनालाई यसकारण चलाइएन मुद्दा
-
प्रधानमन्त्रीबाट निर्माणाधीन कीर्तिपुर रंगशालाको निरीक्षण
-
४ जनालाई ट्राफिकको जिम्मेवारीबाट हटाएर गणमा सरुवा
-
नेपाल लिकर्स प्रालिले ४६औं वार्षिकोत्सव मनायो