नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा सडक भासियो
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर–२९ स्थित १७ किलो भन्ने स्थानमा सडक भासिँदा सडक अवरुद्ध भएको छ । सोमबार विहान ९ः१० बजेको समयमा सडक भासिएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाको कारण १.५ फिट पिच सडक भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) दयाकृष्ण भट्टले जानकारी दिए । उनले भने, ‘सडक त्रिशूली नदीतिरको भागमा भासिएको हो ।’
सडक भासिएपछि अहिले एकतर्फी बाटो सञ्चालनमा रहेको उनले जानकारी दिए । एकतर्फी सवारी सञ्चालन हुँदा सवारी जामको समस्या यथावत रहने र यात्रुलाई सास्ती बढ्ने ट्राफिक प्रमुख भट्टको भनाइ छ ।
उनले तत्काल भासिएको सडक मर्मत नभए सडक अवरुद्ध हुनेतर्फ पनि सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराए । फेरी निरन्तर वर्षा भए नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध हुनसक्नेतर्फ इन्सपेक्टर भट्टले सचेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण