सलहको झुण्ड प्युठान पुग्यो
बुटवल । भारतबाट दाङ हुँदै प्रवेश गरेकोे सलहको नयाँ झुण्ड सोमबार प्युठान जिल्लाका विभिन्न स्थानमा पुगेको छ ।
हिजो दिउँसो दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा भारतबाट नयाँ सहलको झुण्ड प्रवेश गरेको थियो । त्यो झुण्ड अहिले प्यूठानका विभिन्न ठाउँहरुमा पुगेको प्रदेश कृषि निर्देशानलयले जनाएको छ ।
निर्देशनालयकी वरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले रातोपाटीसँग भनिन्, ‘हिजो प्रवेश गरेको सलह आज बिहानै प्युठानका अधिकांश ठाउँहरुका पुगेको छ । त्यो फरक फरक झुण्ड बनाउँदै हिँडेको छ, कति समय बस्ने एकिन गर्न सकिँदैन ।’
प्युठान पुगेको सलह रोल्पा अर्घाखाँचीतिर जाने सम्भवान रहेको छ । अहिले आएको सहलले किसान लगाएको मकैबालीमा क्षति पुर्याएको छ । प्युठानका किसानहरुले सहल धपाउन भाडा ठटाउने, धुँवा लगाउने काम गरिरहेका छन् ।
आज प्युठान क्षेत्रका घाम लागेकोले सहल अन्यत्र जान पनि सक्ने अधिकृत अधिकारीको भनाइ छ । यसअघि आएको सलहले कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीमा प्रवेश गर्दै क्षति पुर्याएको थियो ।
हिजो प्रवेश गरेको सलहले कति क्षति गर्यो भन्ने विवरण स्थानीय तह मार्फत प्रदेशको कृषि मन्त्रालयले संकलन गरिहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण