आफ्नै संगठनको निर्णयप्रति जसपाले जनायो आपत्ति
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले अमेरिकी सहयोग मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा आफ्ना भातृसंगठन प्रवास विशेष प्रदेश समितिले निकालेको निष्कर्षप्रति आपत्ति जनाएको छ ।
प्रवास कमिटीले तीन सदस्यीय एक कार्यदल गठन गरी एमसीसीको बारेमा अध्ययन गरेर पार्टी र सरकारलाई पनि बुझाएको छ ।
कमिटीले सो प्रतिवेदन प्रचार प्रसारका लागि सञ्चारमाध्यमलाई पनि पठाएको छ । रातोपाटीलाई प्राप्त प्रतिवेदनको आधारमा समाचार पनि प्रकाशन गरेको थियो ।
तर पार्टीले एमसीसीबारे पार्टीको धारणा भनि विभिन्न संचारमाध्यम लगायत समाजिक सञ्जालमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आज विज्ञप्ति जारी गरी एमसीसीको बारेमा नीति तथा धारणा निर्माणमा पार्टी आन्तरिक गृहकार्य र छलफल जारी रहेको र हालसम्म पार्टीले निर्णय नगरेको जसपाले जनाएको छ ।

प्रतिवेदनकाे मुखपृष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण