ऐश्वर्यासहित बच्चन परिवारलाई कोरोना हुँदा विवेक ओबरोयले भने, ‘परिवारको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु’
शनिबार राती अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना पोजेटिभ भएपछि ऐश्वर्या राय बच्चन र आराध्या बच्चन पनि कोरोनाद्वारा संक्रमित भएको खबर आएको छ । यसले बच्चन परिवारका प्रशंसक चिन्तित भएका छन् ।
बलिउड सेलिब्रिटीले पनि सोसल मिडियामा परिवारको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । यसमा विवेक ओबरोय पनि समावेश छन् । विवेकले ट्वीटरमा आराध्या र ऐश्वर्याको कोभिड–१९ पोजेटिभ भएको खबरको एउटा लिङ्क सेयर गर्दै लेखे, ‘म परिवारको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु ।’
Our prayers for the well being and quick recovery of the family🙏 https://t.co/23BEckqTLa
— Vivek Anand Oberoi (@vivekoberoi) July 12, 2020
बिग बी–अभिषेकका लागि पनि गरे ट्वीटः
यसअघि विवेकल बिग बी र अभिषेकलाई कोरोना पोजेटिभ भएपछि ट्वीटमा लेखेका थिए, ‘म अमिताभ बच्चन सर र अभिषेक बच्चन चाँडै नै निको हुन् भनेर कामना गर्छु । हामी सबै तपाईंका लागि प्रार्थना गरिरहेका छौं । चाँडोभन्दा चाँडो निको हुनुहोस् । ध्यान राख्नुहोस् ।’
Wishing @SrBachchan sir & @juniorbachchan a speedy recovery🙏
— Vivek Anand Oberoi (@vivekoberoi) July 11, 2020
We’re all praying for you! Get well super soon! Take care 🙏
विवेकसँग भएको थियो ऐश्वर्याको ब्रेकअपः
सलमान खानसँग ब्रेकअपपछि ऐश्वर्या विवेक ओबरोयसँग सम्बन्धमा थिइन् । यी दुईले फिल्म ‘क्यों हो गया न’ मा सँगै काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण