नेपाल बैङ्कको म्यानेजर बनेर ठगी गर्ने पक्राउ
कैलाली । ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला दार्चुला लेकम गाउँपालिका–१ बस्ने वर्ष ३२ को पदमराज भट्ट र डोटी आर्दश गाउपालिका–३ घर भइ सिलगढीमा बस्ने अन्दाजी वर्ष ३२ की सन्जा कुमारी कठाएत रोकाया रहेका छन् ।
कैलालीको टिकापुर नगरपालिका–१ बस्ने ४४ वर्षीया महिलालाई विभिन्न बाहानामा १० लाख ठगी गरि थप २ लाख मागिरहेको बेलामा भट्ट लगाएत संल्ग्न रोकायालाई डोटी को पिपल्लाबाट प्रहरीले प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय केलालीका प्रवक्ता एबं प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले रातोपाटीलाई जानकारी दिए । पीडित महिलाले उजुरी दिएपछि प्रहरी खोज तलास गर्दै जाँदा भट्ट र रोकायालाई पक्राउ गर्न सहज भएको उनले बताए ।
भट्टले आफु धनगढी उपमहानगरपालिका–५ मा बस्दै आएको र नेपाल बैङ्क लिमिटेडमा जागिरे छु भन्दै सो महिलालाई ठगी गरेको उनले बताए । १० लाख दिए ३ करोड ५० लाख ऋण पास गरिदिने प्रलोभनमा पारी महिलालाई ठगी गरेको उनले बताए । भट्टको साथबाट नेपाल बैङ्क लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र, विभिन्न बैंक तथा आईएमईका भौचरसमेत बरामद गरी ठगी शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए ।
भट्ट विगतमा पनि अपहरण तथा चोरीको आरोपमा मुद्दा चली तत्काल पुर्पक्षका लागि कारागार गएर धरौटी तारेखमा छुटेको प्रहरीले जनाएको छ । उनीहरुले अन्य व्यक्तिलाई समेत ठगी गरेको हुन सक्ने भएको हुँदा पहिचान गरेका व्यक्तिहरुले सम्पर्क राख्नसमेत प्रहरीले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण