भोलिदेखि सार्वजनिक बस सञ्चालन हुने सम्भावना, अर्थमन्त्री र व्यवसायीबीच छलफल हुँदै
सार्वजनिक यातायात केन्द्रीय महासङ्घका अध्यक्ष होम प्रसाद अधिकारीले बुधबार (भोलि)देखि सार्वजनिक यातायात सञ्चालन हुन सक्ने बताएका छन् ।
आज दिउँसो २ बजे अर्थमन्त्री डा युवराज खतिवडासँग यातायात व्यवसायीका समस्याबारे छलफल हुने उनले जानकारी दिए ।
यातायात व्यवसायीहरुले उठाएको सवारी चालकहरूको स्वास्थ्य सुरक्षाको मुख्य माग सरकारले सम्बोधन गरेमा भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।
सरकारले यातायात व्यवसायीहरूको बैंकको ब्याज र किस्तामा सहयोग गर्ने बचन दिइसकेको छ भने यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङसँग पनि छलफल भएकोमा सो छलफल सकारात्मक भएको उनले बताए ।
आज अर्थमन्त्रीले गर्ने प्रतिवद्धताअनुसार भोलिदेखि सार्वजनिक बस सेवा सञ्चालन हुने–नहुने तय हुने उनले बताए ।
रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘हामीले बस सञ्चालन गर्ने भनिसकेका छौँ, मात्रै सरकारले सवारी चालक र सहचालकको स्वास्थ्य सुरक्षाको जिम्मा लिनुपर्यो । बस चलाउँदा चलाउँदै सवारीचालक बिरामी भएमा कसले जिम्मा लिने ? बसमा चढेका यात्रु बसमै बिरामी भएमा कसले उद्दार गर्ने ? यसबारेमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ । त्यसपछि मात्रै हामी बस सञ्चालन गर्न सक्छौं ।’
गत चैत ११ गतेदेखि लकडाउन जारी भएपछि मुलुकभर रहेका झनडै साडे तीन लाख सार्वजनिक बसहरु ग्यारेजमा थन्किएर बसेका छन् । यद्यपि साझा, मयुर लगायत केही यातायातका साधनले भने सेवा सुरु गर्न लागिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण