बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भोलिदेखि सार्वजनिक बस सञ्चालन हुने सम्भावना, अर्थमन्त्री र व्यवसायीबीच छलफल हुँदै

मङ्गलबार, ३० असार २०७७, १२ : ०२
मङ्गलबार, ३० असार २०७७

सार्वजनिक यातायात केन्द्रीय महासङ्घका अध्यक्ष होम प्रसाद अधिकारीले बुधबार (भोलि)देखि सार्वजनिक यातायात सञ्चालन हुन सक्ने बताएका छन् ।

आज दिउँसो २ बजे अर्थमन्त्री डा युवराज खतिवडासँग यातायात व्यवसायीका समस्याबारे छलफल हुने उनले जानकारी दिए ।

 यातायात व्यवसायीहरुले उठाएको सवारी चालकहरूको स्वास्थ्य सुरक्षाको मुख्य माग सरकारले सम्बोधन गरेमा भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।

सरकारले यातायात व्यवसायीहरूको बैंकको ब्याज र किस्तामा सहयोग गर्ने बचन दिइसकेको छ भने यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङसँग पनि छलफल भएकोमा सो छलफल सकारात्मक भएको उनले बताए ।

आज अर्थमन्त्रीले गर्ने प्रतिवद्धताअनुसार भोलिदेखि सार्वजनिक बस सेवा सञ्चालन हुने–नहुने तय हुने उनले बताए ।

 रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘हामीले बस सञ्चालन गर्ने भनिसकेका छौँ, मात्रै सरकारले सवारी चालक र सहचालकको स्वास्थ्य सुरक्षाको जिम्मा लिनुपर्यो  । बस चलाउँदा चलाउँदै सवारीचालक बिरामी भएमा कसले जिम्मा लिने ?  बसमा चढेका यात्रु बसमै बिरामी भएमा कसले उद्दार गर्ने ? यसबारेमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ ।  त्यसपछि मात्रै हामी बस सञ्चालन गर्न सक्छौं ।’

 गत चैत ११ गतेदेखि लकडाउन जारी भएपछि मुलुकभर रहेका झनडै साडे तीन लाख सार्वजनिक बसहरु ग्यारेजमा थन्किएर बसेका छन् ।  यद्यपि साझा, मयुर लगायत केही यातायातका साधनले भने सेवा सुरु गर्न लागिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप