अमेरिकाबाटै निर्देशक भट्टराईले निश्चललाई भने- ‘राजेश हमालको अभिनय मापन गर्ने अधिकार छैन’
काठमाडौं । निर्देशक श्याम भट्टराईले अभिनेता तथा निर्देशक निश्चल बस्नेतलाई राजेश हमालको अभिनय मापन गर्ने अधिकार नभएको बताएका छन् । सामाजिक सञ्जालमा एक आक्रोसपूर्ण पोष्ट गर्दै निर्देशक भट्टराइले अश्लिल शब्द बिना चलचित्र निर्माण गरेर देखाउन बस्नेतलाई चुनौती समेत दिएका छन् ।
को हो त्यो निश्चल बस्नेत ? प्रश्नसहित लेख्न सुरु गरेका भट्टराइले राजेश हमालको हैसियतको बारेमा बोल्ने निश्चलको कुन फिल्म हिट भयो भन्ने प्रश्न समेत खडा गरेका छन् । ‘अश्लिल शब्दलाई निकालेर फिल्म बनाएर, चलाएर देखाउ अनि बोल’ उनले अगाडि भनेका छन्– ‘तिमी र तिम्रो बुढीको पासपोटको कपी पनि मसँग छ । धेरै नबोल ।’ भट्टराइले कहाँबाट पाध्ने र कहाँबाट छाध्ने आफुलाई नसिकाउन समेत भनेका छन् ।
निर्देशक श्याम भट्टराई पछिल्लो समय अमेरिकामा छन् । आधा दर्जन फिल्म निर्देशन गरेका भट्टराईले राजेश हमालको बिषयमा निश्चलले बिभिन्न सञ्चारमाध्यममा दिएको अन्तर्वार्ता चित्त नबुझेर आफुले सामाजिक सञ्जालमा उक्त पोष्ट लेखेको बताए । ‘मेरो निश्चलसँग व्यक्तिगत रुपमा केही दुश्मनी छैन । तर उनले विभिन्न सञ्चारमाध्यममा राजेशका कुन फिल्म हिट छ भनेको चित्त बुझेन’ भट्टराइले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षसँग छलफल गर्दै सभामुख
-
नेपालकै पहिलो वंशाणुगत रोग विशेषज्ञ डा. नीलमको सङ्घर्ष : मेरा लागि नयाँ पद सिर्जना गरियो
-
वाग्मती सफाइ अभियानमा ६ हजार बिरुवा रोपिए
-
मेस्सीको ‘न्यापकिन कनट्र्याक्ट’ १३ करोड रुपैयाँमा बिक्री
-
उदयपुरमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम
-
फाइनलमा देखाएको अभद्र व्यवहारपछि युभेन्टसद्वारा म्यानेजर बर्खास्त