मेलम्ची आयोजनामा कसले काट्यो कालो बोको ?
काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद शेरबहादुर तामाङले मेलम्ची खानेपानी आयोजनाको सुरुङको स्वतन्त्र निकायबाट परीक्षणको माग गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै सांसद तामाङले आयोजनाको सुरुङको परीक्षणको क्रममा अम्बाथानको गेट भत्किएर दुई जनाको ज्यान जानु र दुईजना घाइते हुनु जस्तो दुःखद घटना भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
उनले इन्जिनियर सतिस गोहित र सवारी चालक राधाकृष्ण थापामगर बेपत्ता भएकोले उनीहरुको सकुशल उद्दारको अपेक्षा गरेका छन् । साथै घाइते दोर्जे पेम्बा र शेखर खनालको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
सांसद तामाङले आयोजनाको सुरुङको परीक्षणका क्रममा गेट फुट्नुले केही प्रश्नहरू उब्जाइदिएको उल्लेख गरेका छन् ।
गत असार २१ गते सुरुङको परीक्षणको नाममा हतारहतार स्थानीय जनता वा जनप्रतिनिधिहरुलाई थाहै नदिई सुरुङमा पानी हाल्नु कतै राम्रोसँग सुरुङ वा गेटको सेटिङ नै नभई परीक्षण त गरिएन ? भन्दै त्यसको परिणामले नै बाँध भत्किएको त हैन भन्दै प्रश्न गरेका छन् ।
सांसद तामाङले विभिन्न आरोह अवरोहको बीचमा वर्षौदेखि निर्माण भैरहेको सुरुङ तथा आयोजनाको सबै संरचनाहरु नै कमजोर त बनेन् भन्ने प्रश्न गर्दै सम्पूर्ण संरचनाको पुनः एकपटक स्वतन्त्र निकायबाट निष्पक्ष जाँच गर्न माग गरेका छन् ।
उनले एउटा राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न किन यति धेरै समय लाग्छ भन्ने प्रश्न गर्दै समय लम्बिदै जाँदा प्रतिफल कम र खर्च लागत कति गुणाले बढ्छ समीक्षा गनुपर्ने बताएका छन् । अरु कुनै पनि आयोजना यस्तो नहोस् भनेर पूर्व सतर्कता अपनाउन आग्रह समेत उनले गरेका छन् ।
सांसद तामाङले आयोजना निर्माणको क्रममा सो स्थानमा कालो बोको काटिएको र त्यसको असरस्वरुप दुर्घटना त भएको हैन भन्दै क्षमा पूजाको माग गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्– ‘हामी नेपालीहरु अन्धविश्वासमा केही विश्वास गर्दछौं । त्यसैले त राम्रो होस् भनेर सुरुङ परीक्षणको सुरुवातमा कालो बोको काटेर पूजा गरेको देखिन्छ । तर हेलम्बु क्षेत्र धार्मिक हिसाबले नै काटमार निषेधित तपोभूमि क्षेत्र हो । हामी जतिसुकै अन्धविश्वास मान्दैनौं भनेपनि भूमिपूजा सबैले गर्दछौँ । तसर्थ सो भूमिले कतै बलि नसहेको त हैन ? क्षमापूजा जरुरी हुन सक्दछ ।’
गत असार २१ गते सो आयोजनाको पानी सुरुङभित्र पठाएर परीक्षण गर्ने क्रममा खानेपानी मन्त्रालय वा मेलम्ची खानेपानी विकास समिति कसले कालो बोको काटेको थियो, यसबारे खुलेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण