बेलायतमा कोरोनाबाट ४५ हजारभन्दा बढीको मृत्यु
लन्डन । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड–१९) का कारण पछिल्लो समयमा बेलायतमा मृत्युदर र संक्रमित हुनेको संख्यामा उल्लेखनीय रुपमा कमी हुँदै गैरहेको छ । गएको एक हप्ताभित्र स्कटल्याण्डमा कोरोनाको संक्रमणका कुनै पनि बिरामीको मृत्यु नभएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बताएको छ ।
यसैगरी गएको २४ घन्टामा बेलायतका अस्पतालमा थप ८५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ४५ हजार ५३ पुगेको छ । तर राष्ट्रिय तथ्याँक विभागले भने मृतक संख्या ५५ हजारभन्दा बढी रहेको बताउँदै आएको छ ।
२४ घन्टाभित्र बेलायतमा थप ५ सय ३८ जनामा कोरोनाको पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बताएको छ । बेलायतमा कोरोनाबाट संक्रमित कूल संख्या २ लाख ९१ हजार ९ सय ११ रहेको छ । विश्वभरिमा सबैभन्दा बढी कोरोनाबाट मृत्यु हुने मुलुकमा बेलायत तेस्रो स्थानमा रहेको छ भने युरोपभरमा बेलायत अग्रस्थानमा रहेको छ । यसैगरी बढी संक्रमित मुलुकहरुमध्ये बेलायत दशौँ स्थानमा रहँदै आएको छ ।
बेलायतमा मास्क अनिवार्य
बेलायतमा कोरोना संक्रमणमा आएको कमिसँगै बेलायती जनजीवनमा पनि थप सहज बन्दै गएको छ । कोरोना संक्रमणको नियन्त्रणका लागि सरकारद्वारा जारी लकडाउनको करिब ४ महिना पुग्नै लाग्दा मानिसहरुको दैनिकी सामने बन्दै गएको छ । यद्दपि कोरोनाबाट पूर्ण रुपमा मुक्ति नभएका कारण सामाजिक दुरीको कायम र सार्वजनिक यातायातको प्रयोगमा अनिवार्य मास्क लगाउनुपर्ने नियम गत जुन १५ बाट लागू गरिएको छ ।
आगामी जुलाई २४ तारिखबाट सुपर मार्केटमा जाँदा समेत अनिवार्य मास्क लगाउनुपर्ने सरकारले घोषणा गरेको छ । यदि कसैले मस्क नलगाएको पाइएमा १ सय पाउण्डसम्म जरिवाना गरिने सरकारले बताएको छ । तर स्वास्थ्य लगायतका केहि कारणले मास्कको प्रयोग गर्न असमर्थ हुनेको लागि भने उक्त नियम लागू नहुने बताइएको छ । अनिवार्य मास्कको प्रयोगका कारण पसलमा काम गर्नेहरुका लागि पनि सुरक्षित महसुश हुने स्वास्थ्य मन्त्री म्याट ह्यानककले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० दिने शिशु झाडीमा फाल्ने आमा प्रहरी नियन्त्रणमा
-
डाँकाचोरीमा संलग्न आरोपमा दुई जना प्रहरी पक्राउ
-
बिग्रेको त्रिभुवन विश्वविद्यालयको भत्केको चाला
-
उपसभामुखको राजीनामा माग्ने एमाले 'मानव तस्करी'मा मुछिएका लिलाबल्लभबारे मौन !
-
उमागौरी सहकारीको अनियमितता प्रकरण : १० जनाविरुद्ध पक्राउ पुर्जी जारी
-
गोदावरीमा जीवन विज्ञानको ‘स्वजागरण’ कार्यक्रम सम्पन्न