सिरहाका १०९ मतदान केन्द्र अति संवेदनशील, सुरक्षा व्यवस्था कडा
सिरहा । असोज २ गते हुने स्थानीय तह निर्वाचनमा सिरहाका एक सय नांै मदतान स्थल अति सम्वेदनशिल रहेको जनाइएको छ । यहाँको दुईसय २१ मतदान स्थलमध्ये एकसय नौं अति सम्वेदनशिल, ८४ सम्वेदनशिल र २८ वटा मतदानस्थल सामान्य रहेको प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिए । जिल्लाका सुरक्षा निकायको गोप्य सूचना र विश्लेषणपछि जिल्लाका मतदानस्थललाई तीन तहमा विभाजन गर्दै सोही अनुसार सुरक्षा प्रबन्ध मिलाएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । अतिसंवेदनशील मानिएका मतदानस्थल केही नगरपालिका र केही भारतीय सीमासँग जोडिएका गाउँपालिका रहेका छन् । जिल्लामा आठ नगरपालिका र नौ गाउँपालिका छन् ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सम्वेदनशिलतालाई ख्याल गर्दै जिल्लाको सवै मतदानस्थलहरुमा कडा सुरक्षा व्यवस्था मिलाएको जानकारी दिए । उनले भने ‘सुरक्षा चुनौतीको आधारमा मतदानस्थलहरुलाई तीनवटा घरामा राखिनेछ, पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तम घरेमा नेपाली सेनाले सुरक्षा दिने व्यवस्था मिलाईएको छ ।’
निर्वाचन सुरक्षाको लागि जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी ६ हजारको संख्यामा खटिने प्रमुख श्रेष्ठले जनाए । उनले आवश्यकताका आधारमा नेपाली सेना पनि खटिने जनाए । सवैमतदान स्थलमा १०÷१० मिनेटको फरकमा पुग्ने गरी सशस्त्र प्रहरीको गस्ती टोली पनि निर्वाचनमा खटिने स्थानीय प्रशासनले जनाएको छ । जिल्लाका ८ नगरपालिका र ९ गाउँपालिकाका १ सय ६४ वटा वडामा ३ लाख ३१ हजार ५ सय ९६ मतदाता सहभागी हुँदैछन् ।
२५ सय कर्मचारी परिचालन
सिरहामा निर्वाचनमा दुई हजार पाँच सय ८६ जना कर्मचारी परिचालन गरिनेछन् । जिल्लामा दुईसय २१ मतदानस्थल तथा चारसय ३१ मतदान केन्द्र कायम छन् ।
प्रत्यक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मदतान अधिकृत २ सहायक कर्मचारी र २ जना सहयोगीगरी एउटा मतन केन्द्रमा ६ जना कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय सिरहाका सुचना अधिकारी उत्तम भट्टराइले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण