आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सिरहाका १०९ मतदान केन्द्र अति संवेदनशील, सुरक्षा व्यवस्था कडा

आइतबार, २५ भदौ २०७४, १५ : ४१
आइतबार, २५ भदौ २०७४

सिरहा । असोज २ गते हुने स्थानीय तह निर्वाचनमा सिरहाका एक सय नांै मदतान स्थल अति सम्वेदनशिल रहेको जनाइएको छ । यहाँको दुईसय  २१ मतदान स्थलमध्ये एकसय नौं अति सम्वेदनशिल, ८४ सम्वेदनशिल र २८ वटा मतदानस्थल सामान्य रहेको प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिए । जिल्लाका सुरक्षा निकायको गोप्य सूचना र विश्लेषणपछि जिल्लाका मतदानस्थललाई तीन तहमा विभाजन गर्दै सोही अनुसार सुरक्षा प्रबन्ध मिलाएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । अतिसंवेदनशील मानिएका मतदानस्थल केही नगरपालिका र केही भारतीय सीमासँग जोडिएका गाउँपालिका रहेका छन् । जिल्लामा आठ नगरपालिका र नौ गाउँपालिका छन् ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सम्वेदनशिलतालाई ख्याल गर्दै जिल्लाको सवै मतदानस्थलहरुमा कडा सुरक्षा व्यवस्था मिलाएको जानकारी दिए । उनले भने ‘सुरक्षा चुनौतीको आधारमा मतदानस्थलहरुलाई तीनवटा घरामा राखिनेछ, पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तम घरेमा नेपाली सेनाले सुरक्षा दिने व्यवस्था मिलाईएको छ ।’

निर्वाचन सुरक्षाको लागि जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी ६ हजारको संख्यामा खटिने प्रमुख श्रेष्ठले जनाए । उनले आवश्यकताका आधारमा नेपाली सेना पनि खटिने जनाए । सवैमतदान स्थलमा १०÷१० मिनेटको फरकमा पुग्ने गरी सशस्त्र प्रहरीको गस्ती टोली पनि निर्वाचनमा खटिने स्थानीय प्रशासनले जनाएको छ । जिल्लाका ८ नगरपालिका र ९ गाउँपालिकाका १ सय ६४ वटा वडामा ३ लाख ३१ हजार ५ सय ९६ मतदाता सहभागी हुँदैछन् ।

२५ सय कर्मचारी परिचालन

सिरहामा निर्वाचनमा दुई हजार पाँच सय ८६ जना कर्मचारी परिचालन गरिनेछन् । जिल्लामा दुईसय २१ मतदानस्थल तथा चारसय ३१ मतदान केन्द्र कायम छन् ।
प्रत्यक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मदतान अधिकृत २ सहायक कर्मचारी र २ जना सहयोगीगरी एउटा मतन केन्द्रमा ६ जना कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय सिरहाका सुचना अधिकारी उत्तम भट्टराइले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप