दाङको मुसोटमा जीप दुर्घटना, १ जनाको मृत्यु, ४ घाइते
बुटवल । दाङको घोराही सडक खण्डस्थित मुसोटमा आज बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगरबाट दाङको तुल्सीपुरतर्फ आउँदै गरेको रा १ च ९६६२ नम्बरको बोलेरो जीप अनियन्त्रित भएर घोराही उपमहानगरपालिका वडा नं. ३ मुसोटमा दुर्घटनामा भएको हो । सो दुर्घटनामा १ जनाको मृत्यु र ४ जना घाईते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका घाइतेमध्ये तुसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी १६ वर्षीय पदम वलीको उपचारका क्रममा मृत्यु भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा बिहीवार बिहान वलीको मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।
दुर्घटनामा परेर तुलसीपुर १५ का २६ वर्षीय देवराज वली र २४ वर्षीय गोपाल श्रेष्ठ गम्भीर घाइते भएको डिएसपी खड्काले बताए । गम्भीर घाइते दुबै जनालाई थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेज रिफर गरिएको प्रहरीले बताएको छ । चालकको अवस्था भने सामान्य रहेको छ ।
प्रहरीका अनुसार जीप अनियन्त्रित भइ भित्तामा ठोक्किएको थियो । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण