नेपाल लाइफको कार्यबाहक सिईओमा प्रसाईं नियुक्त
बिहीबार, ०१ साउन २०७७, १४ : ३३
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सन्तोष प्रसाईं नियुक्त भएका छन् । कम्पनीले साउन १ गतेबाट लागू हुनेगरी प्रसाईंलाई कार्यवाहक सिईओको जिम्मेवारी दिएको हो ।
यसअघिका प्रमुख कार्यकारी अधिकृत रहेका विवेक झाको कार्यकाल सकिएसँगै सोही कम्पनीको उप–प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका प्रसाईंलाई कम्पनीले कार्यवाहक सिईओको जिम्मेवारी दिएको हो ।
असार ३१ गते बसेको संचालक समितिको बैठकले प्रसाईंलाई कार्यवाहक सिइओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनीले जनाएको छ ।
बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा समेत सात वर्ष लामो अनुभव बटुलिसकेका प्रसाईँ विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध रहँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण