ब्रिटिस आर्मी हुँ भन्दै ठगी गरेको अभियोगमा पक्राउ
बिहीबार, ०१ साउन २०७७, १७ : ३७
ब्रिटिस आर्मी हुँ भन्दै धनमाल ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-८ घर भइ काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने दिपक मोक्तान भनिने दिपक लामालाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक संजाल फेसबुकमा दिपक मोक्तान नामको फेसबुक आईडीबाट आफू ब्रिटिस लाहुरे हुँ भनी विभिन्न आश्वासन दिँदै महिलालाई साथी बनाएर रकम तथा सुनका गरगहना लिई सम्पर्क बिहीन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वर चोकबाट उनलाई पक्राउ गरेको हो ।
धरान निवासी एक महिलाको सुनको सिक्री, सुनको औंठी तथा नगद ५ लाख रुपैयाँ लिई २ महिना अगाडि फरार भएका उनको साथबाट सुनको सिक्री, औंठी बरामद भएको उक्त परिसरले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी, ठेकेदारले थप आर्थिक दाबी गर्न नपाउने
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण