बिपी स्मृति दिवस मनाउन मातहका समितिहरुलाई नेविसंघको परीपत्र
शनिबार, ०३ साउन २०७७, ०७ : ४४
काठमाडौं – नेपाल विद्यार्थी संघले साउन ६ गते बिपी कोइरालाको ३८ औं स्मृति दिवस मनाउन मातहका समितिहरुलाई परीपत्र जारी गरेको छ ।
नेबिसंघ जिल्ला, प्रदेश, क्याम्पस, क्षेत्र, विदेश क्षेत्र मातहतका समितिहरुलाई स्मृति दिवस मनाउन अध्यक्ष राजीव ढुंगानाले केन्द्रीय समितिको तर्फबाट यो परीपत्र जारी गरेको हुन् ।
बाढी पहिरोले क्षति पुर्याएका जिल्लामा राहत, उद्दाव र, पुनर्स्थापना लगायतका कार्यगरु सम्पन्न गरेर स्मृति दिवस बनाउन अध्यक्ष ढुंगानाको सर्कुलर छ ।
यस्तै, प्रबिधि मार्फत बिपी कोइरालाको बिचार, दृष्टिकोण, योगदान, ब्यक्तित्व सम्बन्धि सेमिनार वा गोष्ठी संचालन गर्न भनिएको छ ।
रक्तदान, बृक्षारोपण, बृद्ध तथा बिरामी हरुलाइ फलफुल बितरण, सरसफाई लगायतका गतिबिधी सञ्चालन गर्ने भनिएको महामन्त्री बलदेव तिमल्सिना जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण