शनिबारको मौसम पूर्वानुमान
जल तथा मौसम विज्ञान विभागले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
पूर्वानुमानका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्यून चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिण तिर अवस्थित छ।
यसैगरी, हाल देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जारी पूर्वानुमानमा जानकारी दिइएको छ ।
यसैगरी, शनिबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको हुनसक्ने सम्भावना रहेको छ । भने, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक÷दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।
यस्तै, राति देशभर सामान्य देखी पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक÷दुई स्थानहरुमा भारी वर्षा हुन सक्ने मौसम विभागको पूर्वानुमानमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण