नुनिला यादहरू
शनिबार, ०३ साउन २०७७, ११ : ०५
-साकारबाबु सुबेदी
धेरैपछि नाङ्गा पाउहरूले भूमी छुदाँ
लाग्यो मानिसले गुमाउने धेरै रहेछ,
धुलोका कण कणबाट तिमी बसायौ
आज चैत्रको घामले मलाई बातायो ।
बाटाभरि छरिएका ऐनाका टुक्राहरू
मृगमरिचीका प्रतिबिम्बहरू झैँ लाग्ने,
कयौँ आकृतिहरु तिमी जस्तै देखिन्छन्
कतै दूरबाट सडकहरू नियाल््दै गर्दा ।
बैशाख महिनाको सुस्त बतासहरूले
बुट्यानका टुप्पा–टुप्पाहरू हल्लाए जस्तै,
तिम्रो स्वीकृतिको शिर हल्लिएकै थियो
मेरो बाँसले बनेको फिरफिरे घुमे जस्तै ।
पक्कै पनि अतीत यी भिडहरू जस्तै
हाट–बजारमा गुन्जिएको आवाज थियो,
विनिमयमै व्यस्त वाद–विवादहरू झैँ
मूल्य चुकाउन नसक्ने खरिददार थियो ।
कर्कलाको पातमा ढलपल थोपा जस्तै
मेरा नयनमा आज तिम्रो उपस्थिति देखियो,
पट्ट फुटेर जिव्हासम्म आइपुग्ने नुनिला यादहरू
कति चर्को भएर पौडदै छन् श्रावणका भेलमा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजुरबुबा/हजुरआमाको आहारको असर नातिनातिनामा
-
पर्यटकीय सिजनमा नेपाल आउने पर्यटकको सङ्ख्या बढ्यो (तस्बिरहरू)
-
नेपालमा चाँडोभन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी : मन्त्री शर्मा
-
सामसङ ग्यालेक्सी एम५५ ५जी सार्वजनिक
-
दुर्गा प्रसाईंको हतियारबारे छानबिन समितिले बुझायो प्रतिवेदन
-
पोखरा स्पोर्टस् अवार्ड : चार विधाका मनोनयन सार्वजनिक