नुनिला यादहरू
शनिबार, ०३ साउन २०७७, ११ : ०५
-साकारबाबु सुबेदी
धेरैपछि नाङ्गा पाउहरूले भूमी छुदाँ
लाग्यो मानिसले गुमाउने धेरै रहेछ,
धुलोका कण कणबाट तिमी बसायौ
आज चैत्रको घामले मलाई बातायो ।
बाटाभरि छरिएका ऐनाका टुक्राहरू
मृगमरिचीका प्रतिबिम्बहरू झैँ लाग्ने,
कयौँ आकृतिहरु तिमी जस्तै देखिन्छन्
कतै दूरबाट सडकहरू नियाल््दै गर्दा ।
बैशाख महिनाको सुस्त बतासहरूले
बुट्यानका टुप्पा–टुप्पाहरू हल्लाए जस्तै,
तिम्रो स्वीकृतिको शिर हल्लिएकै थियो
मेरो बाँसले बनेको फिरफिरे घुमे जस्तै ।
पक्कै पनि अतीत यी भिडहरू जस्तै
हाट–बजारमा गुन्जिएको आवाज थियो,
विनिमयमै व्यस्त वाद–विवादहरू झैँ
मूल्य चुकाउन नसक्ने खरिददार थियो ।
कर्कलाको पातमा ढलपल थोपा जस्तै
मेरा नयनमा आज तिम्रो उपस्थिति देखियो,
पट्ट फुटेर जिव्हासम्म आइपुग्ने नुनिला यादहरू
कति चर्को भएर पौडदै छन् श्रावणका भेलमा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण