साँफे-मार्तडी सडक तत्काल सञ्चालन नहुने

बाजुरा खण्डको साँफे–मार्तडी सडक तत्काल सुचारु नहुने भएको छ । तत्कालका लागि पुरानै सडकलाई सामान्य मर्मत गरेर बाटो सुचारु गर्ने भनिए पनि थप सडक भासिएपछि तत्काल सञ्चालन नहुने भएको छ ।
द्धवारी, बल्दे क्षेत्रको करिब एक किलोमिटर सडक पहिराले भाँसिएको छ । सडक मर्मतका लागि सडक डिभिजन कार्यालय साँफेबगरले डोजर प्रयोग गरे पनि सडकको अवस्था सुधार्न नसकिएको इञ्जिनीयर दमनकुमार विष्टले जानकारी दिए । बूढीगङ्गा नदीको कटान र लगातारको वर्षाका कारण पहिरो नरोकिँदा बाटो सुचारु गर्न थप समस्या देखिएको हो ।
बल्दे क्षेत्रबाट १०० मिटर जति बाटो नयाँ कटान गरिए पनि द्धवारी क्षेत्रबाट थप पहिरो गएको छ भने अम्कोटको गाउँ तल पर्ने भागको सडकमा पनि पहिरो गएर सडक भासिएको छ । साता दिनभित्र अवरुद्ध बाटो सुचारु गर्ने गरी काम शुरुआत गरिए पनि सञ्चालनमा समस्या देखिएको डिभिजन कार्यालय प्रमुख ललित खनालले बताए ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे नेतृत्वको टोलीले अवस्थाबारे जानकारी लिएको छ । सडक डिभिजन कार्यालय प्रमुख ललित खनालसहित बाजुराका स्थानीय तहका व्यक्तिसहितको टोलीले बाटोको अवस्थाबारे जानकारी लिनुका साथै सञ्चालको उपायबारे छलफल भएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।
द्धवारी मन्दिर नजिकैको खोलाबाट अर्को बाटो निर्माण गर्ने की भन्ने विकल्पबारे छलफल भए पनि पुनः पहिरो गएकै क्षेत्रमा अल्पकालीन उपाय निकाल्ने र दीर्घकालीन समाधानका लागि पहल जारी राख्ने विषयमा छलफल गरिएको छ । निर्माण गरिएको एकतिरको सडकसमेत पहिरोमा भाँसिएपछि तत्काल सञ्चालन हुने अवस्था देखिएको छैन ।
सडक पहिरोले भाँसिएपछि दुईसाता दिनदेखि साँफे मार्तडी सडक पूर्णरुपमा बन्द भएको छ । सवारीसाधन मार्तडीबाट द्धवारी र तलबाट पनि बल्देसम्म मात्र आउने गरेका छन् । सडक अवरोध हुँदा पैदलयात्रा गर्न पनि निकै समस्या भएको छ । बूढीगङ्गा नगरपालिका–१ अम्कोटमा ठूलो पहिरो खसेको छ । पैदलयात्रा लागिसमेत जङ्गलको बाटो हिँड्नुपर्ने अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीसी क्यामेरा बन्द गरी डिजेल चोर्ने आयल निगमका कर्मचारीसहित ५ जनाविरुद्ध मुद्दा
-
पतञ्जली प्रकरण : कसरी अघि बढ्छ पूर्व प्रधानमन्त्री नेपालविरूद्धको भ्रष्टाचार मुद्दा ?
-
दुर्गा प्रसाईंको तर्फबाट डा.सुरेन्द्र भण्डारीसहित ४ जना कानुन व्यवसायीले गरे बहस
-
लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता पश्चिम नवलपरासीमा हुने
-
टेलिकमको बिलिङ ठेक्कामा अर्यालसहित २३ जनालाई यसकारण चलाइएन मुद्दा
-
प्रधानमन्त्रीबाट निर्माणाधीन कीर्तिपुर रंगशालाको निरीक्षण