शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्युठान ट्याक्टर दुर्घटनाः ज्यान गुमाउने सातजनाकै पहिचान खुल्यो

आइतबार, ०४ साउन २०७७, १० : ३७
आइतबार, ०४ साउन २०७७

प्युठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटनामा ज्यान गुमाउने सातैजनाको पहिचान खुलेको छ । मृतक सबै रोल्पाको रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर दुर्घटनामा रोल्पा रुम्टगढी गाउँपालिका– ५ का १९ वर्षीय थमन बाठामगर, १९ वर्षकै वीरेन्द्र बाठामगर, २४ वर्षीय  रिमबहादुर बस्नेत, २१ वर्षीय सागर बस्नेत, २५ वर्षीय कविराम बस्नेतले ज्यान गुमाएका छन् ।

यस्तै ज्यान गुमाउनेमा रोल्पा रुम्टगढी गाउँपालिका– ५ का गोवर्द्धन बुढामगर र त्रिवेणी गाउँपालिकाका २५ वर्षीय कमल कुँवर छन् ।  कुवँर ट्याक्टर चालक रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

ट्याक्टरमा ८ जना सवार भएपनि रोल्पाकै विशाल थापा भने हाम फालेर ज्यान जोगाउन सफल भएको पौडेलले बताए । उनीहरू सबै भिंगृ– स्वर्गद्वारी सडक निर्माणमा खटिएका मजदुरहरु हुन् ।

स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ जाँदै गरेको लु२च ४२३४ नम्बरको ट्याक्टर गएराति स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना भएको थियो ।

ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको थियो । दुर्घटना राति भएपनि वर्षा भइरहेकाले प्रहरी घटनास्थलमा बिहान मात्र पुगेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप