प्युठान ट्याक्टर दुर्घटनाः ज्यान गुमाउने सातजनाकै पहिचान खुल्यो
प्युठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटनामा ज्यान गुमाउने सातैजनाको पहिचान खुलेको छ । मृतक सबै रोल्पाको रहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर दुर्घटनामा रोल्पा रुम्टगढी गाउँपालिका– ५ का १९ वर्षीय थमन बाठामगर, १९ वर्षकै वीरेन्द्र बाठामगर, २४ वर्षीय रिमबहादुर बस्नेत, २१ वर्षीय सागर बस्नेत, २५ वर्षीय कविराम बस्नेतले ज्यान गुमाएका छन् ।
यस्तै ज्यान गुमाउनेमा रोल्पा रुम्टगढी गाउँपालिका– ५ का गोवर्द्धन बुढामगर र त्रिवेणी गाउँपालिकाका २५ वर्षीय कमल कुँवर छन् । कुवँर ट्याक्टर चालक रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
ट्याक्टरमा ८ जना सवार भएपनि रोल्पाकै विशाल थापा भने हाम फालेर ज्यान जोगाउन सफल भएको पौडेलले बताए । उनीहरू सबै भिंगृ– स्वर्गद्वारी सडक निर्माणमा खटिएका मजदुरहरु हुन् ।
स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ जाँदै गरेको लु२च ४२३४ नम्बरको ट्याक्टर गएराति स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना भएको थियो ।
ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको थियो । दुर्घटना राति भएपनि वर्षा भइरहेकाले प्रहरी घटनास्थलमा बिहान मात्र पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण