रौतहटका सरकारी कार्यालयमा सेवा सुचारु, मालपोतमा आलोपालो
रौतहट । रौतहटमा लामो समयदेखि बन्द रहेका सरकारी कार्यालयहरुमा आइतबारदेखि सेवा सुचारु भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बन्द गरिएका जिल्ला प्रशासन, ईलाका प्रशासन,भूमिसुधार र नापी कार्यालयमा आजदेखि नियमित सेवा सुरु भएको हो ।
जिल्ला मालपोत कार्यालयमा भने आलोपालो सेवा दिनेगरी काम सुचारु भएको छ । लामो समयदेखि बन्द रहेको जिल्ला अदालतको सेवा सुचारुबारे भने हालसम्म निर्णय नभएको रौतहटका सिडियो बाशुदेव घिमिरेले बताए । तर मालपोत कार्यालयमा एक दिनमा २ वटा स्थानीय तहको मात्रै काम गरिने निर्णय भएको छ । मालपोत कार्यालय मौलापुरले आईतवार र बुधबार काम गर्नेछ । ती दिन मौलापुर र फतुवा बिजयपुर नगरपालिकासँग सम्बन्धित काम हुनेछ ।
सोमबार र बिहीबार बौधिमाई र परोहा नगरपालिकासँग सम्बन्धित काम हुनेछ । त्यसैगरी मंगलबार र शुक्रबार देवाही गोनाही र कटहरिया नगरपालिकासँग सम्बन्धित काम गरिने मालपोत कार्यालय मौलापुरले जारी गरेको सूचनामा उल्लेख छ । कोभिड १९ को जोखिमबाट कर्मचारी र सेवाग्राहीलाई संक्रमित हुनबाट बचेर सेवा प्रवाह सुरु गरिएको मालपोत कार्यालय मौलापुर प्रमुख बबुनन्दन साहले बताए ।
कार्यालयमा अत्यधिक भिडभाड हुन नदिने, सामाजिक दूरी कायम राख्नुपर्ने, कर्मचारी तथा सेवाग्राहीले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने मालपोत प्रमुख साहले जानकारी दिए । यसअघि रौतहटमा कोरोना संक्रमितको संख्यामा एक्कासि वृद्धि भएसँगै स्थानीय प्रशासनले ती कार्यालयको सेवा तत्काल बन्दगर्न निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस संसदीय दलको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
रोमाञ्चक पुनरागमन गर्दै रियल फाइनलमा
-
बागमती प्रदेश : सहमतिमा संसदीय समितिका सभापति चयन गर्ने सरकारको तयारी
-
तीन मौसमी प्रणालीको असर नेपालमा, कहाँ कहाँ हुनेछ वर्षा ?
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल