बेइजिङमा थपिएनन् नयाँ सङ्क्रमित, देशभर १६ जना मात्र भेटिए
एजेन्सी । चीनको राजधानी बेइजिङमा शनिबार कोरोनाभाइरसबाट सङ्क्रमणका कुनै पनि विरामी नथपिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार निरन्तर पछिल्लो १३ दिनमा कुनै पनि सङ्क्रमित थपिएको छैन ।
“पछिल्लो १३ दिनसम्ममा बेइजिङ्मा कुनै पनि नयाँ सङ्क्रमित भेटिएका छैनन् भने शनिबार १३ जना सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन्,” एक अधिकारीले भने । यसैबीच चीनमा देशभरी पछिल्लो२४ घण्टामा १६ जना मात्र सङ्क्रमित भेटिएका छन् । तीमध्ये १३ जना आन्तरिकरूपमा सङ्क्रमित हुन् भने अरु अन्य ठाउँबाट आएका सङ्क्रमित हुन् ।
जोन हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी अहिलेसम्म एक करोड ४२ लाख ४१ हजारभन्दाबढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोनाभाइरसकै कारण विश्वभरी अहिलेसम्म छ लाख एक हजार ४५५ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण