नेपाल एयरलाइन्स संकटमा, हटायो १४५ कर्मचारी
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले लामो लकडाउनका कारण उडान प्रभावित भएकाले आय पनि करिब ९० प्रतिशतले घटेको जनाएको छ ।
निगमले आइतबार सञ्चारकर्मीहरुसँगको छलफलमा आन्तरिक उडान समेत बन्द गर्नुपरेको अवस्थामा निगमलाई बचाइराख्न खर्च कटौतीमा हरसम्भव प्रयास गरिएको जनाएको छ ।
सोहीअनुसार निगमले असार मसान्तमा करार अवधि समाप्त भएका २२५ कर्मचारीमध्ये तत्काल आवश्यक रहेका ८० जनाको नवीकरण गरी बाँकी १४५ जनालाई हटाएको छ ।
यसबाट मात्र निगमले वार्षिक रुपमा करिब ५ करोड रुपैयाँ जोगिने जनाएको छ ।
निगमले कोरोनाभाइरस नियन्त्रण भइ अवस्था सामान्य बन्दै गएमा र कर्मचारीको आवश्यकता परेमा उनीहरुलाई नै प्रथमिकता दिने पनि स्पष्ट पारेको छ ।
निगमले लकडाउनको दौरानमा ९७ वटा उडान गरेकोमा त्यसमध्ये १० वटा मेडिकल चार्टर, २१ वटा यात्रु चार्टर र ६६ वटा उद्धार उडान रहेको जनाएको छ ।
यसअवधिमा ७७० जना विदेशी यात्रुको उद्धार गरिनुका साथै १२ हजार २६३ नेपाली नागरिकको उद्धार गरिएको निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण