बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल एयरलाइन्स संकटमा, हटायो १४५ कर्मचारी

आइतबार, ०४ साउन २०७७, १४ : २३
आइतबार, ०४ साउन २०७७

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले लामो लकडाउनका कारण उडान प्रभावित भएकाले आय पनि करिब ९० प्रतिशतले घटेको जनाएको छ । 
निगमले आइतबार सञ्चारकर्मीहरुसँगको छलफलमा आन्तरिक उडान समेत बन्द गर्नुपरेको अवस्थामा निगमलाई बचाइराख्न खर्च कटौतीमा हरसम्भव प्रयास गरिएको जनाएको छ । 

सोहीअनुसार निगमले असार मसान्तमा करार अवधि समाप्त भएका २२५ कर्मचारीमध्ये तत्काल आवश्यक रहेका ८० जनाको नवीकरण गरी बाँकी १४५ जनालाई हटाएको छ । 
यसबाट मात्र निगमले वार्षिक रुपमा करिब ५ करोड रुपैयाँ जोगिने जनाएको छ । 

निगमले कोरोनाभाइरस नियन्त्रण भइ अवस्था सामान्य बन्दै गएमा र कर्मचारीको आवश्यकता परेमा उनीहरुलाई नै प्रथमिकता दिने पनि स्पष्ट पारेको छ । 
निगमले लकडाउनको दौरानमा ९७ वटा उडान गरेकोमा त्यसमध्ये १० वटा मेडिकल चार्टर, २१ वटा यात्रु चार्टर र ६६ वटा उद्धार उडान रहेको जनाएको छ । 

यसअवधिमा ७७० जना विदेशी यात्रुको उद्धार गरिनुका साथै १२ हजार २६३ नेपाली नागरिकको उद्धार गरिएको निगमले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप