सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो
आइतबार, ०४ साउन २०७७, १८ : ५६
अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तरगतको बुटवल –तानसेन सडक खण्ड आइतबार साँझदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
शुक्रवार साँझ डुम्रेस्थित गौडेपुल नजिकै पहिरो खसेर अवरुद्ध भएको सडक तीनदिनपछि एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पहिरो हटाउन सडक डिभिजन पाल्पाले दुबैतर्फबाट दुईवटा डोजर प्रयोग गरेको थियो । सडक खुलेसँगै रुपन्देही र पाल्पा तर्फबाट आएका यात्रु गन्तव्यमा लागेका छन् । पहिरो सडदेखि करिब सय मिटर माथिबाट खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण