प्रचण्ड पुगे ओलीलाई भेट्न बालुवाटार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता भएकाे छ ।
ओलीलाई भेट्न प्रचण्ड आइतबार साँझ बालुवाटार पुगेका हुन् । करिब २ घण्टा भएको छलफल बिनानिष्कर्ष सकिएको बालुवाटार स्रोतले जनाएको छ ।
पार्टीभित्र विवाद चुलिँदै गएपछि शीर्ष नेताहरुबीचको भेटघाट बाक्लिएको छ । आइतबार बिहान पनि प्रचण्डले माधव नेपाल पक्षधर नेताहरुसँग भेटघाट गरेका थिए ।
प्रचण्डले आइतबार बिहान आफ्नै निवासमा माधव नेपाल पक्षधर नेताहरुलाई शनिबारको बैठकमा ओलीले राखेको प्रस्तावको विषयमा स्पष्टीकरण दिएका थिए ।
शनिबारको बैठकमा ओलीले मंसिरमा महाधिवेशनको प्रस्ताव राखेको र त्यसमा प्रचण्डले सहमति जनाएको भन्दै नेपालसहितका सचिवालयका नेताहरु झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले असहमति जनाएका थिए । तर प्रचण्डले आफ्नो ओलीसँग कुनै सहमति नरहेको र त्यसबारे गलत प्रचार भएको भन्दै आफू पूर्ववत अडानमा कायम रहेको बताएका थिए ।
पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि सहमति खोज्नका लागि आइतबार निर्धारित स्थायी कमिटी बैठक दुई दिन स्थगित गरेर सहमतिको प्रयास भइरहेको छ ।
ओलीविरोधी खेमाका नेताहरुले उनले पदबाट राजीनामा दिनुपर्ने मुख्य माग राख्दै आएका छन् । तर ओलीले पद नछाड्ने अडान लिएपछि विवाद जहाँको त्यहीँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण