नेपाली युवालाई रोजगारी दिन विश्व बैंकले दियो १४ अर्ब
बेरोजगार युवालाई रोजगारीको अवसर दिन विश्व बैंकले नेपाललाई १४ अर्ब रुपैयाँ सहयोग गरेको छ । सो रकम युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामार्फत परिचालन गरिनेछ ।
यसलाई प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आबद्ध गरी आगामी चार वर्षसम्म सञ्चालन गरिनेछ । बेरोजगार युवालाई सिप तथा क्षमता अभिवृद्धि गर्न रोजगार सृजना गर्न ल्याइएको आयोजनाको आज शुभारम्भ भएको छ । सो आयोजनाको उद्घाटन रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले गरेका हुन् ।
यस खालको सहयोगले रोजगारी गुमाएका र बेरोजगरालाई रोजगारी उपलब्ध गराउनु आयोजनाको महत्त्वपूर्ण योगदान रहने श्रममन्त्री यादवले बताए ।
यस्तै बैंकका राष्ट्रियढ निर्देशक जर्भोसले कोभिडको प्रभावलाई न्युनीकरण गर्र्ने नीति अनुरुप चालु आर्थिक बर्षमा सामाजिक र आर्थिक जोखिममा रहेका ७५ हजार विपन्न बेरोजगार यूवालाई सार्वजनिक पूर्वाधारको मर्मत सम्भार तथा स्तरोन्नतीमा परिचालन गरी एकसय दिनको ज्याला उपलब्ध गराउने बताए ।
अर्थ मन्त्रालय र विश्व बैंक बीच नोभेम्बर २०१९ मा हस्ताक्षर भएको यस आयोजनाबाट कूल रकमको करिब ९० प्रतिशत रकम स्थानीय तहका सार्वजनिक पूर्वाधारको मर्मत संभार तथा स्तरोन्नती गर्ने कार्य मार्फत रोजगारी सिर्जनामा खर्च गरिनेछ ।
जसमध्ये १ लाख बेरोजगार युवालाई रोजगारी प्रदान गरिने लक्ष्य रहेको छ । आयोजनाले सामाजिक समावेशीकरणलाई प्राथमिकता दिए अनुरुप कूल लाभग्राही मध्ये ६० प्रतिशत महिला लाभान्वित हुनेछन् ।
स्थानीय तहका ७५३ रोजगार सेवा केन्द्र सुदृढिकरण तथा जनशक्ति थप, आवेदन दर्ता तथा सूचिकरण, प्रोफाइल निर्माण, सिफारिस, अल्पकालीन रोजगार तथा कार्यस्थलमा आधारित तालिम आदि क्रियाकलाप संचालन गरी संस्थागत र कार्यक्रमगत सुधारमा आयोजनाले सघाउनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको प्रश्न : चुच्चे नक्सा छाप्ने र देश बनाउने एमाले कसरी अलोकप्रिय हुन्छ ?
-
सरकारले गर्यो सयदिने उपलब्धि सार्वजनिक
-
एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली
-
स्कुल नटेकेकी तर समाजलाई पाठ पढाएकी स्रष्टा दुर्गादेवी
-
१०० बुँदे शासकीय सुधार कार्यान्वयनमा सरकार असफल, संसदमा सशक्त रूपमा उठाउने कांग्रेसको निर्णय
-
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको निम्तो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण